अर्थ

नेपाल स्टार्टअप फेष्टिबल आयोजना हुँदै

नेपालमा स्टार्टअपलाई अभियानका रूपमा अघि बढाउने र नवप्रवर्तनकारी व्यवसायलाई अर्थतन्त्रको महत्वपूर्ण अंगको रूपमा स्थापित गर्ने उद्देश्यले अगामी जुन २५ मा नेपाल स्टार्टअप फेष्टिबल आयोजना हुने भएको छ। उक्त कार्यक्रममा ३ सयभन्दा बढी स्वदेशी तथा विदेशी उद्यमी, लगानीकर्ता, विद्यार्थी लगायतको सहभागिता रहने कम्पनीले अनुमान गरेको बताए।

उक्त कार्यक्रममा स्टार्टअपले लगानीको लागि प्रस्ताव पेस गर्ने व्यवस्था मिलाइएको नेपाल उद्योग युवा उद्यमी महासंघको निवर्तमान अध्यक्ष चाङ अग्रवालले बताए। उनले महासंघको साइटबाट आवेदन भर्न सकिने जानकारी गराए।

उक्त फेस्टिबलमा ५० भन्दा बढी स्टार्टअपले आफ्नो वस्तु तथा सेवाको प्रदर्शनी गर्ने व्यवस्था गरिदिएको छ भने विभिन्न विधाको ७ वटा स्टार्टअपलाई सम्मानित गरिने समेत कम्पनीले जनाएको छ।

प्रकाशित: १८ जेष्ठ २०७९ ०२:१२ बुधबार

नेपाल स्टार्टअप फेष्टिबल स्वदेशी तथा विदेशी उद्यमी