अर्थ

बैंकका कर्मचारी मतदानमा खटिएपछि आर्थिक क्षेत्र प्रभावित

देशको अर्थतन्त्रलाई चलाय मान बनाइ राख्नु मेरुदण्डको रुपमा बैंकका कर्मचारीलाई नै जिल्ला निर्वाचन कार्यालय रौतहटले मतदानमा खटाएपछि आर्थिक क्षेत्र थप प्रभावित भएको छ।

जिल्लामा बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउने कामको विरोध भए पनि निर्वाचन कार्यालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई चुनावमा खटाएको हो। जिल्ला निर्वाचन कार्यालय रौतहटले कृषि विकास बैंक लिमिटेड गरुडा शाखाका सातौँ तहका कर्मचारी राम उदगार विराजीलाई गरुडा नगरपालिकाको मावि भवन लक्ष्मीपुर टोल महम्मदपुर मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाएको छ।

यसैगरी गरुडा नगरपालिकाकै दुर्गा सामुदायिक प्रावि भवन महम्मदपुर 'ख' मतदान केन्द्रमा राष्ट्रिय वाणिज्य बैंक गौरका छैटौँ तहका कर्मचारी निरोज पाण्डेलाई मतदान अधिकृतको रुपमा खटाएको छ। दुर्गा सामुदायिक प्रावि भवन महम्मदपुरकै अर्को मतदान केन्द्रमा नेपाल बैंक लिमिटेड चन्द्रपुरका काशीराज न्यौपानेलाई सहायक मतदान अधिकृत बनाइएको छ।

राष्ट्रिय वाणिज्य बैंक गौरका पाँचै तहका कृष्टिकुमारी विश्वकर्मालाई गरुडा नगरपालिकाको साबिक गाविस भवन बसबिटी जिंगडिया 'क' मतदान केन्द्रको सहायक मतदान अधिकृत बनाइएको छ भने राष्ट्रिय वाणिज्य बैंक गौरकै पाँचौ तहका कर्मचारी रोशन साहलाई सोही मतदानस्थलको 'ख' केन्द्रमा सहायक मतदान अधिकृत बनाइएको छ।

कृषि विकास बैंक लिमिटेड गौरका पाँचौ तहका राकेश यादवलाई जनता प्रावि भवन ब्रह्मस्थान पौराई 'क' को सहायक मतदान अधिकृत तथा कृषि विकास बैंक गौरकै पाँचौँ तहका अर्का कर्मचारी शिवशंकर मण्डललाई सोही स्थानको मतदान केन्द्र 'ख' मा सहायक मतदान अधिकृत बनाइएको छ।

यसैगरी आवि भवन मंगलपुर टोल पौराई 'क' केन्द्रमा कृषि विकास बैंक गौरमा पाँचौ तहमा कार्यरत कर्मचारी सोनी झालाई सहायक मतदान अधिकृत बनाइएको छ। राष्ट्रिय वाणिज्य बैंक ईशनाथका छैठौँ तहका सन्तोष कुमार ठाकुरलाई प्रावि फुलबारी टोल जुडि बेलाको मतदान अधिकृत बनाइएको छ भने नेपाल बैंक लिमिटेड कटहरियाका पाँचौ तहका चन्दनकुमार झालाई आवि भवन मंगलपुर टोल पौराई 'ख' मा सहायक मतदान अधिकृत बनाइएको छ।

नेपाल बैंक लिमिटेड राजदेवीका पाँचौ तहका प्रवीणकुमार राउतलाई महेन्द्र मावि रैयाटोल पौराई 'क' मा सहायक मतदान अधिकृतको रुपमा खटाइएको छ। राष्ट्रिय वाणिज्य बैंक गरुडाका पाँचौ तहका अनिल कोइरालालाई प्रावि भवन मोथियाही टोल चन्द्रनिगाहपुर 'क' मा सहायक मतदान अधिकृत र रावा बैंक गरुडाकै पाँचौँ तहका रविन्द्र पटेललाई मोथियाही मै 'ख' मा सहायक मतदान अधिकृतको जिम्मेवारी दिइएको छ।

निर्वाचन कार्यालयले लघुवित्तका कर्मचारीलाई पनि चुनावमा खटाएको छ। चन्द्रपुर नगरपालिकाको आवि वसन्तपुर टोल 'क' र 'ख' मतदान केन्द्रको सहायक मतदान अधिकृतमा गरुडामा रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.मा पाँचौ तहका कर्मचारीद्वय विवेक ढुंगेल र परमानन्द ठाकुरलाई सहायक मतदान अधिकृत बनाइएको छ भने सोही वित्तीय संस्थाका पाँचौ तहका लक्ष्मीनारायण चौधरीलाई पन्च आवि चेतनगर डुमरिया मकोक केन्द्रमा सहायक मतदान अधिकृत बनाइएको छ।  

यसैगरी कृषि विकास बैंक लि. चन्द्रपुरका पाँच तहका राजीवप्रसाद साह डुमरियाको 'ख' केन्द्रका सहायक मतदान अधिकृत, कृषि विकास बैंक गरुडाका पाँचौ तहका राजीवप्रसाद साहलाई चेतनगर डुमरिया मको 'ख' केन्द्रमा सहायक मतदान अधिकृत, सोही शाखाका रमेशप्रसाद साहलाई सिन्दुरेघारी 'क' को सहायक मतदान अधिकृत बनाइएको छ।  

यसैगरी कृषि विकास बैंक गौरका छैटौँ तहका त्रिवेदीकुमार साहलाई जनता मावि औरैया र सोही बैंकका छैटौँ तहका रामविलास राउतलाई औरैया क मतदान अधिकृत बनाइएको छ। रावा बैंक मौलापुरका छैटौँ तहका पवनकुमार कुशवाहा जनता मावि डुमरिया पको 'क' केन्द्रका मतदान अधिकृत तथा रावा बैंक गरुडाका छैटौँ तहका अरविन्दकुमार झालाई कटहरिया नगरपालिकाको डुमरियामा मतदान अधिकृत बनाइएको छ।

यसैगरी नेपाल बैंक समनपुरका छैटौँ तहका प्रावि भवन हथियाही टोल कटहरियामा मतदान अधिकृत तथा नेपाल बैंक राजदेवीका छैटौँ तहका दीपेन्द्रप्रसाद यादवलाई हथियाही 'क' जमुनिया टोलमा मतदान अधिकृत बनाइएको छ। ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि. गरुडाका छैटौँ तहका विजयकुमार लाल कर्णलाई हरिनगर मैढामा मतदान अधिकृत बनाइएको छ।  

यसैगरी ग्रामीण विकास लघुवित्त वित्तीय संस्था कटहरियाका छैटौँ तहका रामकिशोर महतोलाई नयाँ वस्ती कटानी, यही वित्तीय संस्थाको गौरका छैटौँ तहका राजकुमार साहलाई नयाँ वस्ती कटानी 'ख' तथा दिनेशकुमार मल्लिकलाई कटानी गको मतदान अधिकृत तोकिएको छ।

नेपाल बैंक गौरका छैटौँ तहका कर्मचारीद्वय राकेश श्रीवास्तव र रोशन साहलाई गौरमै दुई मतदान केन्द्रमा मतदान अधिकृत बनाइएको छ भने पाँचौ तहका प्रवीण कुमार राउतलाई टिकुलिया टोल 'ख' मा सहायक मतदान अधिकृत बनाइएको छ। जिल्ला निर्वाचन कार्यालयले बैंक तथा वित्तीय क्षेत्रका कर्मचारी स्थानीय तहमा खटिएपछि बैंकिंग क्षेत्र नै प्रभावित भएको छ।

शुक्रबारदेखि नै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतको तालिममा गएपछि बैंकको कारोबार नै प्रभावित भएको थियो। अधिकांश बैंकका प्रबन्धक, सहायक प्रबन्धक र अन्य कर्मचारीहरु चुनावमा खटिएपछि बैंक तथा वित्तीय क्षेत्र नै प्रभावित भएको छ। शुक्रबारदेखि नै मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरु खटिएपछि बैंक नै सुनसान भएको र धेरै सेवा ग्राही फर्केर जानु परेको देखिएको छ।

सरकारी स्वामित्वमा रहेका नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कृषि विकास बैंक लिमिटेडका झण्डै सबै कर्मचारी चुनावमा खटिएर बैंक बन्दको स्थितिमा पुर्‍याएका जिल्लाको आर्थिक कारोबार नै प्रभावित भएको छ भने अर्कोतिर निजी क्षेत्रको बैंकिंग क्षेत्रले प्रोत्साहन पाएको देखिएको छ।

जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले खटिने र नखटिने कर्मचारीको सूची माग गरेको र त्यसैअनुसार आएको पत्रलाई मुख्य निर्वाचन कार्यालयलाई पठाएको बताएका छन्। प्रमुख दासले निर्वाचनमा कर्मचारी खटाउने काम मुख्य निर्वाचन कार्यालयको रहेको बताएका छन्।

मुख्य निर्वाचन कार्यालयले भने जिल्ला निर्वाचन कार्यालयबाट आएको कर्मचारीको सूची अनुसार नै कर्मचारी खटाउने काम भइरहेको जनाएको छ। जिल्लामा ५१८ बुथ रहेकामा २ हजार ५८४ कर्मचारीलाई खटाइ सकिएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ।

रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले बैंकिंग क्षेत्रका धेरै कर्मचारी खटाइएको विषयमा आफूले बुझिरहेको प्रतिक्रिया दिएका छन्। शुक्रबारदेखि रौतहटको सरकारी बैंकका अधिकांश कर्मचारीहरु स्थानीयतहको चुनावमा खटिएर जाँदा वैशाख ३० गतेसम्म चुनावमा हुने तथा वैशाख ३१ गते शनिबार, जेठ १ गते आइतबार, जेठ २ गते बुद्ध जयन्तीको बिदा हुने भएकोले करिब दुई हप्ता झण्डै बन्द रहने देखिएको छ।

यति लामो समय सरकारी बैंकहरुमा कारोबार नहुँदा आर्थिक क्षेत्रमा सबैभन्दा पछाडि परेको रौतहटलाई थप पछाडि धकेल्न सहयोग पुग्ने आरोप व्यावसायीहरुको रहेको छ। उता चुनावको प्रयोजनको लागि जिल्लाका अधिकांश विद्यालयमा बुथ कायम भएको र विद्यालय संचालन नभएको अवस्थामा शिक्षकहरुलाई नखटाएर बैंकका कर्मचारीलाई प्राथमिकता दिँदा जिल्लामा सर्वसाधारण आर्थिक र शैक्षिक गरी दोहोरो मारमा परेको बुद्धिजीवीहरुले बताएका छन्।

प्रकाशित: २४ वैशाख २०७९ ०९:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App