अर्थ

आइएमएस ग्रुपको ३० औं वार्षिकोत्सव सम्पन्न

सन् १९९३ मा स्थापना भएको आईएमएस ग्रुपले ३० अप्रिल २०२२ मा आफ्नो ३०औं वार्षिकोत्सव मनाएको छ।

आईएमएस ग्रुप नेपालको नम्बर १ मोबाइल ब्रान्ड – सामसुङ स्मार्टफोन र कोरियाली लक्जरी ब्रान्ड– साङ्योङ मोटर्सको राष्ट्रिय वितरक हो। यसका साथै फिनटेक, ईकमर्स, बेबी केयर, कृषि, आतिथ्य, बैंकिङ र बीमा, शिक्षा, घरजग्गा आदि जस्ता धेरै उद्योगहरूमा यसको संलग्नता रहँदै आएको छ।

सोल्टी होटल काठमाडौंमा सम्पन्न भएको उक्त समारोहमा आईएमएस ग्रुपका अध्यक्ष– दीपक मल्होत्रा, कम्पनी निर्देशक– विमल सावर्थिया, आईएमएस समूहका अध्यक्ष, सीईओ– दिकेश मल्होत्रा र विशिष्ट पाहुनाको साथमा नेपालभरका ३०० बढी कर्मचारीहरू उपस्थित थिए ।

समारोहमा विभिन्न ट्यालेन्ट सो र क्विज लगायतका अन्य कार्यक्रम सञ्चालन गरिएका थिए। त्यसक्रममा वर्षका उत्कृष्ट कर्मचारीलाई विभिन्न अवार्डहरूबाट सम्मानित गरिएको थियो।

प्रकाशित: २० वैशाख २०७९ ०४:१० मंगलबार

आइएमएस ग्रुप