अर्थ

तीन सय बढ्यो आज सुनको मूल्य

आज सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँ पुगेको छ। सुन अघिल्लो दिन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुनको मूल्य समेत आज तोलामा तीन सय रुपैयाँले नै बढ्दै एक लाख ४०० रुपैयाँमा कारोबार भएको छ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार ३८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९५२ डलर आसपास कारोबार भइरहेको छ।

प्रकाशित: ८ वैशाख २०७९ ०६:२७ बिहीबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ