अर्थ

डिजाइन प्रतियोगिताका विजेता घोषणा

एशियन पेन्ट्सले आफ्नो वार्षिक आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिता क्यालिडोस्कोपको अन्तिम चरण र विजेता घोषणा कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीकाअनुसार यो राष्ट्रिय प्रतियोगिताको, सातौं संस्करण हो जसमा विभिन्न आर्किटेक्चरल कलेजहरू– एक्मे इञ्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौं इञ्जिनियरिङ कलेज, नेपाल इञ्जिनियरिङ कलेज, हिमालय कलेज अफ इञ्जिनियरिङ, ख्वपः इञ्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ व्याचका ३१ जना विद्यार्थीले सहभागिता जनाएका थिए।

२०२१–२२ को आयोजना गोरखा, पालुङटार नगरपालिकामा रहेको प्रख्यात लिगलिग कोट सङ्ग्राहालयको डिजाइन गर्ने रहेको थियो र ३० भन्दा बढी सहभागीहरूबाट शीर्ष ५ विजेताको घोषणा चैत्र २३ गते हायात रिजेन्सीमा गरिएको थियो। प्रतियोगिताको विजेता आईओई पुल्चोक क्याम्पसकी रोजिता अवाले भइन् र उनले एसियन पेन्ट्सबाट ७० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरिन्।

फस्ट रनर अप एक्मे इञ्जिनियरिङ कलेजका प्रशान्त देशारले एसियन पेन्ट्सबाट नगद ४० हजार रूपैयाँ प्राप्त गरे भने सेकेण्ड रनर अप काठमाडौं इञ्जिनियरिङ कलेजका अनिल कुँवरले ३० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेको कम्पनीले जनाएको छ।

दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौं इञ्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले एसियन पेन्ट्सबाट जनही १० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ चैत्र २०७८ ०४:०९ आइतबार

विजेता घोषणा एशियन पेन्ट्स