अर्थ

कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको गोष्ठी

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको आयोजना तथा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको प्राविधिक सहयोगमा कृषि सामग्री आपूर्ति र अनुदान संयन्त्रको राष्ट्रिय गोष्ठी बुधबारदेखि राजधानीमा शुरु भएको छ।  

कार्यक्रमको उद्घाटनमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा. गोविन्द प्रसाद शर्माले नेपालको कृषि क्षेत्रलाई प्रवद्र्धन गर्न सघाउन पुग्ने बताए। उत्पादनशिल कृषि क्षेत्रको विकासबाट नै देशले समृद्धि हुने दाबी गरे।

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कर्पोरेशनले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताए।  

कार्यक्रममा इण्डियन पोटास लिमिटेडका महाप्रबन्धक निरज शर्माले लिमिटेडले उच्च प्रविधि प्रयोग गरी गुणस्तरिय मल उत्पादन गर्दै आएको जानकारी दिए।

प्रकाशित: २४ चैत्र २०७८ ०१:५१ बिहीबार

साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड कृषि तथा पशुपंक्षी विकास मन्त्रालय