अर्थ

व्यवसाय विस्तारमा सहयोग गर्ने तालिम

एसिया प्यासिफिकका लागि संयुक्त राष्ट्र आर्थिक र सामाजिक आयोग र दक्षिण एसियाली महिला विकास मञ्चको सहकार्यमा ‘ई–कमर्स र डिजिटल मार्केटिङमार्फत व्यापार विस्तार गर्न महिला उद्यमीे तालिम’ सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ।

तीन दिने तालिम कार्यक्रममा ई–पर्यटन मार्केटिङ, हस्तकला र कृषि डिजिटल टेक्नोलोजीले दिएको अवसरका फाइदा सम्बन्धी सत्रहरू सञ्चालन गरिएका थिए।

यसै क्रममा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले डिजिटल मार्केटिङ र ई–कमर्स सम्बन्धी पुस्तिका सार्वजनिक गरिन्। मन्त्री झाँक्रीले महिलालाई सामाजिक र आर्थिक रूपमा सशक्तिकरणमा जोडदिँदै तालिमले महिलालाई आफ्नो व्यवसाय डिजिटाइज गर्न मदत पुग्ने विश्वास व्यक्त गरिन्।

दक्षिण एसियाली महिला विकास मञ्चका अध्यक्ष प्रमिला आचार्य रिजालले ‘दक्षिण एसियामा महिलाको नेतृत्वमा एसएमईका लागि ई–कमर्स क्षमता निर्माण’ सम्बन्धी साझेदारी परियोजनाको स्थापना भएदेखि दक्षिण एसियामा १५०० भन्दा बढी महिला उद्यमीलाई तालिम दिइएको जानकारी दिइन्।

यस परियोजनाबाट २०० भन्दा बढी नेपाली महिला उद्यमी लाभान्वित भएका छन्। तालिमले महिला उद्यमीहरूको क्षमता अभिवृद्धिमा मदत गरेको छ।

प्रकाशित: २३ चैत्र २०७८ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App