अर्थ

हिरो मोटोकर्पका तीन लोकप्रिय उत्पादन नेपाली बजारमा

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले आफ्नो उत्पादन पोर्टफोलियोलाई थप मजबुत बनाउँदै नेपाली बजारका लागि आफ्ना तीन लोकप्रिय उत्पादनहरूका बीएस–छैटौं  संस्करण ग्लामर एक्सटेक, म्यास्ट्रो एज १२५ र एक्सपल्स २०० फोरभी ल्याएको छ।

हिरो मोटोकर्पको  बीएस– छैटौं उत्पादनमा एक्सेन्स प्रविधि जस्ता सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ। नयाँ उत्पादनले कम्पनीको नेपाली ग्राहकलाई उत्तम एवं नयाँ प्रविधि सहितको तरुण, उत्कृष्ट र आधुनिक उत्पादनहरू उपलब्ध गराउन केन्द्रित रहेको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

नयाँ उत्पादन हिरो मोटोकर्पका शोरुमबाट आकर्षक मूल्यमा उपलब्ध हुनेछन्। एक्सपल्स २०० फोरभी चार लाख ५० हजार, ग्लामर एक्सटेक दुई लाख ७६ हजार र म्यास्ट्रो एज १२५ दुई लाख ६६ रूपैयाँमा उपलब्ध हुनेछन्।

हिरो मोटोकर्पले बहुप्रतिक्षित सवारी अनुभव, एक्सट्रायल्स, काठमाडौमा आयोजना गरी उत्साही चालकहरूका एक अद्वितीय एवं विशेष अवसर प्रदान गर्दैछ। यो विशेष प्रकारको आयोजनाले चालकहरूलाई साहसिक अनुभव दिलाउने छ। किफायती मोटरसाइकल एक्सपल्स २०० फोरभीलाई विशेष तवरले तयार गरिएको हुँदा कच्ची बाटोमा रोमान्चक अनुभव हासिल गर्ने अवसर उपलब्ध गराउने विश्वास कम्पनीले लिएको छ।

प्रकाशित: २१ चैत्र २०७८ ०२:१७ सोमबार

हिरो मोटोकर्प मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी उत्तम एवं नयाँ प्रविधि