अर्थ

प्राइम लाइफको नयाँ उपशाखा

प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडले कास्कीको लेखनाथमा उपशाखा कार्यालय विस्तार गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका छन्।

कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र बिमितको मागलाई सम्बोधन गर्न कम्पनीले लेखनाथमा कार्यालय खोलेको जनाइएको छ। कार्यालय विस्तारबाट अझ बढी सर्वसाधारणको पहुँचमा बिमा सेवा पुर्‍याउन, सर्वसाधारणलाई जीवन बिमाको महत्व बुझाउन र बिमितले सहज रूपमा सेवा प्राप्त गर्ने वातावरण बनाउन सहज हुने कम्पनीको अपेक्षा छ।

प्रकाशित: १६ चैत्र २०७८ ०१:५७ बुधबार

प्राइम लाइफ इन्स्योरेन्स बिमितको मागलाई सम्बोधन जीवन बिमाको महत्व