अर्थ

एनसेलद्वारा लैनचौर मैदानको पुनर्निर्माण

एनसेल आजियाटा लिमिटेडले लैनचौर मैदानको पुनर्निर्माण सम्पन्न गरेको छ। विभिन्न सुविधासहित पुनर्निर्माण तथा स्तरोन्नतिपछि उक्त मैदानलाई काठमाडौं महानगरपालिका–२६ लाई हस्तान्तरण गरेको छ। साथै सो मैदान सर्वसाधारणका लागि खुला गरिएको छ।

यो परियोजना पूर्ण रूपमा वडा नम्बर २६ र स्थानीय समुदायको सहकार्यमा डिजाइन गरी पुनर्निर्माण तथा स्तरोन्नति गरिएको कम्पनीले जनाएको छ।

नवनिर्मित मैदान खुला गरिएको अवसरमा गत शनिबार स्थानीय क्लब र एनसेल कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेलसमेत आयोजना गरिएको थियो। ५४ हजार ९ सय २१ वर्गफिट क्षेत्रमा फैलिएको यो मैदानमा ७‘ए’ साइजको मिनी फुटबल मैदान, बास्केटबल कोर्ट, बालबालिकाको खेल्ने क्षेत्र, ५० वटा रुख, हरियाली क्षेत्र, परम्परागत सत्तल, तीन ढुंगेधारा, सार्वजनिक शौचालय, सोलार बत्तीलगायत सुविधा छन्।

प्रकाशित: २ चैत्र २०७८ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App