अर्थ

अग्नि ग्रुपको ट्रियो इलेक्ट्रिक अटो मलंगवामा

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर ट्रियो इलेक्ट्रिक अटो मलंगवा–३ सर्लाहीमा सार्वजनिक गरेको छ।

महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सिबियु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ। यो गाडी महिन्द्राको भारतको बेंग्लोरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ। दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ।

महिन्द्राको अधिकृत इभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ। महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख रूपैयाँ (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने कम्पनीको दाबी छ।

प्रकाशित: १३ फाल्गुन २०७८ ०१:४३ शुक्रबार

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेड ट्रियो अटो वितरण अग्नि इनर्जी