अर्थ

‘हुन्डाई अनमोल’ अफर सार्वजनिक

कन्सट्रक्सन सोलुसन प्रालिले ‘हुन्डाई अनमोल’ अफर बजारमा ल्याएको छ। यस अफर अन्तर्गत ग्राहकले हुन्डाई आर१४०एलएस स्मार्ट खरिदमा दुई हजार घन्टा बराबरको सर्भिस किट निःशुल्क प्राप्त गर्न सक्ने बताइएको छ।

कन्सट्रक्सन सोलुसन प्रालि नेपालको लागि ‘हुन्डाई कन्सट्रक्सन इक्विपमेन्ट’को एकमात्र वितरक हो। हुन्डाई निर्माण उपकरणको समग्र बिक्री, सेवा र स्पेयर पार्ट्सका साथै जिसुङ ब्रेकर्स, र्‍यामर ब्रेकर र एमबी बकेट क्रसरहरूको व्यवसाय तथा सेवामा केन्द्रित छ।

कम्पनीले उपकरण तथा सेवाको गुणस्तर, सेवामा ग्राहकको सन्तुष्टि र हुन्डाई कन्सट्रक्सन मेसिनसँग सम्बन्धित स्पेयर पार्ट्स देशभर उपलब्ध गराउने गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ६ फाल्गुन २०७८ ०२:०१ शुक्रबार

हुन्डाई अनमोल कन्सट्रक्सन सोलुसन प्रालि