अर्थ

आज १५ सय बढ्यो सुनको मूल्य, कारोबार कतिमा?

आज सुनको मूल्य १५ सय रुपैयाँले बढेको छ। आज तोलामा सुन ९५ हजार पाँच सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। गएको शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ थियो।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम छ। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा २० रुपैयाँले बढेर चाँदीको मूल्य १३ सय रुपैयाँ पुगेको छ। 

प्रकाशित: १ फाल्गुन २०७८ ०६:३३ आइतबार

नेपाल सुनचाँदी व्यवसायी महासङ्घ