अर्थ

सनराइज बैंकको सभा

सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष मोतिलाल दुगडको सभापतित्वमा सम्पन्न सभाले बैंककोे चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर वितरण गर्ने र बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले बैंक र अन्य उपयुक्त बैंक वा वित्तीय संस्था एकआपसमा गाभ्ने वा गाभिने वा प्राप्ति  गर्नेसम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ।

प्रकाशित: १६ पुस २०७८ ०३:५५ शुक्रबार

सनराइज बैंक लिमिटेड बैंक सञ्चालक समिति