अर्थ

नेप्से परिसूचक १२.५३ अंकले वृद्धि

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १२.५३ अंकले वृद्धि भएको छ।

केही दिनदेखि निरन्तर रुपमा बढ्दै गएको नेप्से परिसूचक बिहीबार १२.५३ अंकले बढेर २ हजार ५२०.२३ विन्दुमा पुगेर बन्द भएको छ। ठूला कम्पनीको बजार मापक सेन्सेटिभ इण्डेक्स ०.१० अंक र फ्लोट इण्डेक्स ०.७५ अंक बढेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०६ अंक घटेको छ।

आज कारोबारमा आएका २२९ कम्पनीको ८३ लाख २३ हजार कित्ता शेयर ४ अर्ब ४९ करोड २ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से परिसूचक बढेपनि आज कारोबार रकम भने बुधवारको तुलनामा केही घटेको छ। बुधबार ४ अर्ब ५२ करोडको शेयर कारोबार भएको थियो।

बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ। बाँकी १० उपसमूहको परिसूचक बढेको छ। आज सबैभन्दा बढी  निर्जीवन बीमा उपसमूहको परिसूचक ३.५६ प्रतिशत बढेको छ। उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक र वित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

आज पनि कारोबार रकमका आधारमा ३६ करोड २४ लाख रुपैयाँ बराबरको शेयर कारोबार गर्दे हिमालयन डिष्टिलरी पहिलो स्थानमा रहेको छ। त्यस्तै, गोर्खाज फाइनान्सको २० करोड, अरुण भ्याली हाइड्रोपावर, जीवन विकास लघुवित्त, अपि पावरको १० करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

प्रकाशित: ८ पुस २०७८ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App