अर्थ

सिभिल बैंक अध्यक्षले लिए शपथ

सिभिल बैंकका नवनियुक्त अध्यक्ष सञ्चालक प्रतापजङ पाण्डेले पद तथा गोपनीयताको शपथ लिएका छन्।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक कार्यक्रमबीच अध्यक्ष पाण्डेलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन्।

कार्यक्रममा अध्यक्ष पाण्डेले बैंकलाई थप प्रभावकारी रूपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा रहेको र प्रचलित कानुन तथा राष्ट्र बैंकले जारी गरेको निर्देशनको पालना गर्दै संस्थागत सु–शासनलाई पहिलो प्राथमिकतामा राखी कार्य गर्ने प्रतिबद्घता व्यक्त गरेका छन्।

प्रकाशित: २१ मंसिर २०७८ ०२:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App