अर्थ

मुक्तिनाथ बैंकको वित्तीय साक्षरता

मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

यस अन्तर्गत तानसेनका कलेजहरूमा मास्क र स्याजिटाइजर जस्ता सामाग्री समेत वितरण गरेको बैंकले जनाएको छ ।

ट्राफिक सचेतनाको लागि बोर्ड राख्न बैंकले पार्वतीपुर बजार सामुदायिक संस्थालाई २५ हजार रूपैयाँ सहयोग गरेको जनाएको छ। साथै इलाका प्रहरी कार्यालयको डेढगाँउ हिरासतमा पुस्तक कार्यक्रम सञ्चालनका निमित्त बैंकले १० हजार रूपैयाँ दिएको छ।

बैंकले मोटरसाइकल दुर्घटना परी अपांग बनेका आँधीखोला गाउँपालिका–६, का पदमबहादुर क्षेत्रीको उपचार तथा जीविकाका लागि एक लाख रूपैयाँ सहयोग बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० मंसिर २०७८ ०२:५३ सोमबार

ट्राफिक सचेतना वित्तीय साक्षरता मुक्तिनाथ विकास बैंक लिमिटेड