अर्थ

चितवनमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्रि–ह्विलर अटो चितवनमा सार्वजनिक गरेको छ।

अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९ हाकिमचोकमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरेको हो।

महिन्द्रा ट्रियो अटो ‘सफ्ट टप’ भेरियन्टको मूल्य आठ लाख ४० हजार रूपैयाँ तोकिएको छ। महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सिबियु) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ।

यो गाडी महिन्द्राको भारतको बेंग्लोरस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको छ। महिन्द्रा ट्रियो १० हजार प्लस सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो, जसले सन् २०१८ मा सार्वजनिक भएदेखि यसले ६ करोड ३० किलोमिटरभन्दा बढी दुरी तय गरिसकेकोे कम्पनीको दाबी छ।

प्रकाशित: १० मंसिर २०७८ ०४:५८ शुक्रबार

महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेड लिथियम–आइओन सञ्चालित