अर्थ

एफजेडएसको भिन्टेज एडिसन सार्वजनिक

यामाहाको एफजेड भी–३ कनेक्ट एक्स मोडल नेपालमा सार्वजनिक भएको छ।  ब्लुटुथ फिचर कनेक्ट उक्त मोडलको बाइकमा ग्राहकलाई आकर्षित गराउन विभिन्न फिचर समावेश गरिएको कम्पनीले जनाएको छ।

मोटरसाइकलमा भएको एन्सर ब्याक सुविधाले चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर सजिलै थाहा पाउन सक्ने कम्पनीको दाबी छ। मोटरसाइकलमा रहेको ई–लक प्रविधिले मोटरसाइकल चोरी हुनबाट बचाउने जनाइएको छ।

ब्लुटुथमार्फत लोकेट माई बाइक र ‘राइडिङ हिस्ट्री’ सुविधाले बाइक राखेको ठाउँ र यात्रा अभिलेखसमेत हेर्न सकिने छ। १३५ केजीको हल्का वजनको यस बाइकमा १४० सेक्सनको रेडियल टायर राखिएको छ।

जसमध्ये डार्कनाइट भेरियन्टको मूल्य तीन लाख ८४ हजार नौ रूपैयाँ रहेको छ भने अन्य तीन कलरको मूल्य तीन लाख ७९ हजार नौ रूपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०७८ ०३:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App