अर्थ

राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्छ: अर्थमन्त्री शर्मा

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को विरोधका बाबजुद सरकारले संसदको दुवै सदनबाट बजेट पारित गरेको छ।

सरकारले संसदको दुवै सदनबाट बजेट पारित गराएसँगै बजेटको कार्यान्वयन प्रक्रिया सुरु हुने भएको छ। बिहीवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिदैँ अर्थमन्त्री जनार्दन शर्माले अब राष्ट्रपतिबाट लालमोहर लागेपछि बजेट खुल्ने बताए।  

सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाएपछि बजेट आजैदेखि खुल्ने सम्भावना रहेको उनले बताए। उनले भने, ‘राष्ट्रपतिज्यूबाट यसमा हस्ताक्षर भइसकेपछि, लालमोहर लागिसकेपछि बजेट खुल्छ। सम्भवत्ः आजै खुल्ने सम्भावना छ। सभामुखजीले त्यसलाई प्रमाणिकरण गरेर राष्ट्रपति समक्ष पठाउनुहुन्छ। त्यसपछि राष्ट्रपतिले लालमोहर लगाएपछि बजेट खुल्छ।’

अर्थमन्त्री शर्माले बजेट कार्यान्वयनका लागि विनियोजन भए अनुसार पुँजिगत खर्चलाई समयमै खर्च गर्नेगरी प्राथमिकता दिएर सरकारी संयन्त्रलाई परिचालन गर्ने बताए। उनले एक, दुई दिनमै सरकार विस्तार गरिने पनि बताए।

प्रकाशित: ७ आश्विन २०७८ ११:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App