अर्थ

प्रशासनले रोक्यो लेखनाथ उद्योग वाणिज्य संघको अधिवेशन

अध्यक्ष, एशोसिएट र संस्थागत सदस्य सर्वसम्मत

अधिवेशन नजिकिदैं गर्दा बढेको चुनावी सरगर्मी एकाएक सेलाएको छ । लेखनाथ उद्योग वाणिज्य संघको यही भदौ १८ र १९ गते अधिवेशनको संघारमा थियो । दुईवर्षे कार्यकालको लागि चुनावी मैदानमा उम्मेदार होमिदैं व्यवसायीसँग आन्तरिक रुपमा मत माग्ने अभियानमा थिए ।  

अधिवेशनको मिति नजिकिदैं गर्दा लेखनाथ उद्योग वाणिज्य संघले स्वीकृतिको लागि जिल्ला प्रशासन कार्यालय कास्कीले अनुमति दिएन् । अनुमति नभएपछि अधिवेशनलाई रोक्नुपर्ने परिस्थिति सिर्जना भएको वाणिज्य संघका पदाधिकारीको भनाई छ । ‘प्रशासनबाट अनुमति पाईएन्’ भर्खरै अध्यक्षमा सर्वसम्मत चयन भएका छत्रधर आत्रेयले भने, ‘प्रशासनको अनुमति नपाएपछि अहिलेलाई स्थगित गरियो ।’ उनका अनुसार अनिश्चितकालिन स्थागित गरिएको छ ।  

१३ औं अधिवेशनको मतदानको प्रक्रिया अघि बढिसकेको थियो । अब सर्वसम्मतको प्रयासको सम्भावना पनि कम रहेको उनले बताए । प्रशासनको अनुमति नपाउँदासम्म मतदान प्रक्रिया रोकिने आत्रेयले बताए । ‘अब चुनावी प्र्रक्रिया मात्रै बाँकी छ,’ उनले भने, ‘केही सहजता छिटोमा असोजको पहिलो साता नभए दशैंतिहार पछि नै होला ।’ प्रशासन समक्ष स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर अधिवेशन टुंग्याउने प्रतिबद्धता गरेपनि अनुमति नपाएको उनको भनाई थियो ।  

‘५० जना भन्दा कम राखेर मतदान प्रक्रिया गर्छौ भन्दा पनि प्रशासनले स्वीकृति दिएन्,’ उनको भनाई थियो । कोरोनाको अझै उस्तै छ । भीडभाड गर्ने अवस्था छैन् । सर्वसम्मतको प्रयास असफल भएपछि मतदानको प्रक्रिया अघि बढाइएको थियो । जटिल परिस्थितिमा सबै पदमा सर्वसम्मत गर्ने प्रयास गरिएको थियो । अध्यक्ष आत्रेयले भने, ‘यो असजिलो परिस्थितिमा चुनाव भन्दा पनि सर्वसम्मतको प्रयासमा जुटेका थियौं तर प्रयास सफल हुन सकेन् । अन्तत मतदान प्रक्रियामा पुगेर स्थगित हुन पुग्यो ।’

अध्यक्ष आत्रेयसँगै एशोसिएटमा मेघराज र संस्थागतमा राम गुरुङ सर्वसम्मत भईसकेका छन् । उद्योग वाणिज्य संघमा १७ सय ५१ सदस्य आवद्ध छन् । चुनावै भएको अवस्थामा ती सदस्य मतदानमा उत्रिनुपर्ने छ । व्यवसायीले कोरोनाको खोप पनि सवैजसोले पाईसकेको अवस्था छ । बरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष विनोद श्रेष्ठ र अघिल्लो कार्यकालमा महासचिव रहेका भरतकुमार अधिकारी चुनावी प्रतिस्पर्धामा छन् ।  

प्रथम उपाध्यक्षमा वर्तमान कार्यसमितिका द्वितीय उपाध्यक्ष राजेन्द्र ओझाले उम्मेदवारी दिने भएका छन् ।  द्वितस्उ उपाध्यक्षमा महासचिव गोपीचन्द्र बाँस्तोला र सदस्य शैलेन्द्रमोहन भट्टराईको छ । संघको महासचिवमा वर्तमान उपमहासचिव उपेन्द्र सुवेदीको उपस्थिति बलियो छ । सुवेदीसँगको प्रतिस्पर्धीका रुपमा संघकै कोषाध्यक्ष जानुका अधिकारीलाई पनि विकल्पको रुपमा हेरिएको छ ।  

कोषाध्यक्षको भूमिका सफलतापूर्वक निभाएकी र महिला व्यवसायी नेतृ भएका कारण अधिकारीलाई विकल्पका रुपमा हेरिएको छ । कोषाध्यक्षमा तीनपटक कार्यसमितिमा सदस्य रहेकी मेनुका श्रेष्ठ, भिमबहादुर बिक काइला, भरत ओझा, धिरज श्रेष्ठ र रामजी पौडेलको चर्चा रहेको छ । संघको कार्यसमिति सदस्यमा भने नयाँ र पुराना गरी झण्डै दुई दर्जन सदस्यहरु चुनावी मैदानमा उत्रिने छन् । संघमा अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष, द्वितीय उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष महिला आरक्षण सदस्य दुई र खुल्ला आठ सदस्यका लागि निर्वाचन हुनेछ । 

प्रकाशित: १५ भाद्र २०७८ ११:०३ मंगलबार

लेखनाथ उद्योग वाणिज्य संघ