अर्थ

बेनेलीको ७५२ एस मोडल सार्वजनिक

नेपालका लागि बेनेली मोटरसाइकलको एक मात्र बिक्रेता केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालिले बेनेलीको नयाँ मोडल ७५२ एस सार्वजनिक गरेको छ। नक्सालस्थित सोरुममा सार्वजनिक गरिएको ७५२ को खरिदमा पहिलो तीनजना ग्राहकलाई एक लाख १० हजार रूपैयाँ छुट छ। यो मध्यमस्तरीय मोटरसाइकल भएको कम्पनीले जनाएको छ।

यसलाई गतिशील, ठोस तथा व्यवस्थित तवरका साथ आधुनिक डिजाइनसहित बलियो ट्युब, फ्रेम र स्टिलको प्लेटको आकार दिइएको छ। यसमा फोरस्ट्रोक ७५० सिसी लिक्विड कुल्ड ट्विन सिलिन्डरको इन्जिन छ। प्रत्येक सिलिन्डरमा चारवटा भल्भ भएको र इलेक्ट्रिक फ्युल इन्जेक्सनसँग डबल थ्रोटल बडी रहेको विज्ञप्तिमा उललेख छ। यस्को ट्यांक क्षमता १४.५ लिटर छ। यो बाइक सेतो, रातो, कालो र हरियो रङमा उपलब्ध छ।

प्रकाशित: २९ श्रावण २०७८ ०३:०९ शुक्रबार

बेनेलीको ७५२ एस मोडल केटिएम इन्टरनेसनल ट्रेडिङ प्रालि मध्यमस्तरीय मोटरसाइकल