अर्थ

एनएमबिका ग्राहकलाई बिगमार्टमा छुट

एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीलाई इएनएमबी मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट समान किन्दा छुट दिने भएको छ।  

बैंकले बुधबार र शनिबारको दिन फलफूल तथा तरकारी किन्दा २५ प्रतिशतसम्म छुट पाउने गरी सम्झौता गरेको हो। बैंकले आफ्नो सेवा अभिवृद्धि गर्ने क्रममा यस्ता सुविधा ग्राहकमाझ प्रस्तुत गर्दै आइरहेको जनाएको छ।

प्रकाशित: १० श्रावण २०७८ ०२:५० आइतबार

एनएमबिका ग्राहकलाई बिगमार्टमा छुट