अर्थ

डाबर नेपालको फोर्टिफाइड जुस

डाबर नेपालले रोग प्रतिरोधी शक्ति वृद्धिमा सहयोग पुर्‍याउन नयाँ जुस रियल इम्युनो म्याङ्गो प्लस बजारमा ल्याएको छ। यो नेपालकै पहिलो फोर्टिफाइड जुस रहेको कम्पनीले जनाएको छ।

फोर्टिफाइड जुस विश्वभरि उपलब्ध भए पनि नेपालको हकमा बिल्कुलै नयाँ उत्पादन रहेको र परिवारको रोग प्रतिरोधी शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्याङ्गो प्लस तयार पारिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

रियल इम्युनो म्याङ्गो प्लस, स्वास्थ्यवद्र्धक र ज्यादै मिठो आँपको जुस रहेकाले पावर अफ फाइभले भरिपूर्ण रहेको कम्पनीको दाबी छ। यसमा रोग प्रतिरोधी शक्ति बढाउन प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिंक प्रयोग गरिएको छ। कम्पनीले एक सय ८० एमएलको मूल्य ३० र एक लिटर प्याकको मूल्य दुई सय ५० रूपैयाँ तोकेको छ।

प्रकाशित: २१ असार २०७८ ०६:२६ सोमबार

डाबर नेपाल फोर्टिफाइड जुस