अर्थ

युनाइटेड सिमेन्ट्सलाई ५३ ग्रेडको प्रमाणपत्र

युनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित युनाइटेड सिमेन्ट्स ब्रान्डले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।  

५३ ग्रेड भनेको नेपालमा उत्पादन हुने सिमेन्टमध्ये सबैभन्दा उत्कृष्ट हुने कम्पनीले जनाएको छ। यो दर्जा प्राप्त गरेसँगै युनाइटेड सिमेन्ट्सले गुणस्तरमा ठूलो फड्को मारेको विज्ञप्तिमा उल्लेख छ। ५३ ग्रेडको सिमेन्ट हरेक किसिमका निर्माणमा उपयुक्त मानिन्छ। 

विदेशका ठूला संरचनामा पनि यो ग्रेडको सिमेन्टको प्रयोग हुन्छ। आवासीय घर, गगनचुम्बी भवन, जलविद्युत्को बाँध, सुरुङ, ठूला पुल, राष्ट्रिय गौरवका आयोजना, बाटो निर्माणमा समेत यो सिमेन्ट ढुक्कसँग प्रयोग गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। ललितपुरको लेलेस्थित खानीको चुनढुंगाबाट आफैं क्लिंकरबाट उद्योगले ६ वर्षदेखि उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्दै आएको विज्ञप्तिमा छ।

प्रकाशित: २१ असार २०७८ ०६:२३ सोमबार

युनाइटेड सिमेन्ट्स ५३ ग्रेडको प्रमाणपत्र