सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७८/०७९ का लागी प्रस्तुत गरेको बजेटको कमिसनको सेटिङमा योजना राखिएको भन्दै चर्को बिरोध भएको छ। बिरोध गर्नेमा सत्ता पक्षकै प्रदेशसभा सदस्य समेत रहेका छन् । प्रदेश सभा बैठकमा बजेट माथी भैरहेको छलफलमा सत्ता पक्षका सासंद, प्रतिपक्षका सासंदहरुले जनताको चाहना र आवश्यकताका आधारमा नभई बिचौलिया सँग सेटिङमा योजना बाँडफाँट गरिएको भन्दै चर्को असन्तुष्टी व्यक्त गरेका छन् । यसैगरि सर्वसधारणले पनि कमिशनका आधारमा बजेट बिनियोजन भएको भन्दै समाजिक सन्जाल लगायतमा चर्को आलोचना गरिरहेका छन् ।
‘प्रदेशमा बजेटमा सेटिङ भएको छ, यो बजेटलाई शंसोधन गरिएन भने सुदूरपश्चिमका जनताको भलो गर्न सक्तैन’सुदूरपश्चिम प्रदेश शभा बैठकमा मंगलवार बजेटमाथिको छलफल कार्यक्रममा वोल्दै नेपाली काग्रेस संसदिय दलका प्रमुख सचेतक गोविन्द वोहराले भने । बजेट संसदमा प्रस्तुत हुन अघि नै सासंदलाई थाह नभएका वेला बिचौलियाहरुलाई कुन कुन योजना पर्छन भन्ने जानकारी भएको उनले बताए ।
‘निती तथा कार्यक्रम माथी छलफल भैरहेको वेला दुई जना व्यक्तीले यि यि योजना पर्छन भनेर भनेको थियो, प्रदेश सरकारले हामी सासंद सँग सुझाव मागिरहेको छ, कसरी ती योजना पर्छन भन्दा तपाईहरुको आफ्नो सल्लाह होला हामीले गरिसकेका छौ भनेर भनेका थिए ।’उनले भने,‘अहिले रातो किताबमा हेर्दा उनीहरुले भनेको योजना ठ्याक्कै मिलेका छन्।’
यसैगरि सत्ता पक्षका नेकपा एमालेका प्रदेश शभा सदस्य कृष्ण राज सुवेदीले प्रदेश शभा बैठकमा वोल्दै आफूले थाह नभएका २ लाख, ५ लाख, १० लाखका १ सय ३३ योजना आफ्नो निर्वाचन क्षेत्रमा आएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन्।‘मेरो निर्वाचन क्षेत्रमा यि योजना कसले मागेर आए ? ’उनले भने,‘नाली सहितको कालोपत्रे ५ सय मिटर भनेको छ बजेट १० लाख छ,यसरी पनि विकास हुन्छ ?।’ कार्यान्वयन गर्न नसकिने सेटिङमा भएका खुद्रे योजना हटाएर जनताको विकास हुने खालका योजना राख्नुपर्ने उनले बताए । ‘सत्ता पक्षको सासंद भएकाले बजेट पास गरुला तर दुःखका साथ भन्नु पर्दा जनताको चाहाना परिपुर्ती गर्ने यो बजेट छैन’ उनले भने ।
नेपाली काग्रेसका प्रदेश शभा सदस्य भरत बहादुर खड्काले मंगलवार प्रदेश सभा बैठकमा वोल्दै बजेट नै असंवैधानिक रुपमा ल्याइएको बताए । निती तथा कार्यक्रम अनुसार बजेट नआएको उनको भनाई छ । ठूलो भ्रष्टीकरण भएको भन्दै सर्वपक्षिय अधिकार सम्पन्न संसदिय टोली गठन गर्नुपर्ने उनले माग राखे । ‘म दावाको साथ भन्छु, यो रातो किताव बजेट नै होइन्, यो बिचौलियाहरुलाई राखेर बनाएको रातो किताव हो’उनले भने,‘सत्ता पक्षका साथीहरुलाई मेरा आग्रह छ यदी यहि बजेटलाई पास गरेमा हामी कुपात्रको रुपमा हुने छौं ।’ सुरुवातबाट नै योजना बेचिखानेहरुवाट विकास संभव नभएको उल्लेख गर्दै यो बजेट स्विकार गर्न नसकिने उनले बताए ।
नेपाली काग्रेसले बजेटको बिरोध गर्दै बुधवार प्रदेश शभाको बैठक अवरुद्व गरेको छ। प्रदेश सभाको बैठक सुरु हुना साथ आफ्नो स्थानवाट उभिएर विरोध जनाएपछि शभामुख अर्जुन बहादुर थापाले बैठक स्थगित गरेका थिए । सरकारले जेठ १५ गतेभित्र निती तथा कार्यक्रम पेश गर्नुपर्ने व्यवस्थालाई अध्यादेश मार्फत शंसोधन गरियो । संसद चलेपछि उक्त अध्यादेश संसदमा पेश नगरिएकाले यो बजेट असंवैधानिक रहेको नेपाली काग्रेस संसदिय दलका प्रमुख सचेतक वोहराले बताए ।
प्रदेश सरकारका पुर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर वोहराले प्राथमिकताका आधारमा नभई पहुँचमा आधारमा खुद्रे योजना राखेर बजेट बिनियोजन गरिएकाले जनताको चाहना बमोजिम विकासको प्रतिफल दिन नसक्ने बताए । मुख्यमन्त्रीको लगायत मन्त्रीका निर्वाचन क्षेत्रमा बढी संख्यामा खुद्रे योजना बितरण गरिएको छ ।‘कृषी,स्वास्थ्य लगायतका महत्वपुर्ण क्षेत्रको बजेट काटेर पुर्वाधारमा ठूलो बजेट राखिएको छ’उनले भने,‘पुर्वाधारका योजना पनि ५, १० लाखका प्रतिफल दिने भन्दा पनि कार्यकर्तामुखी योजना छन्।’
यसैगरि जनताको चाहना र आबश्यकता आधारमा भन्दा पनि कमिशन मुखी खुद्रा योजना बजेटमा राखिएको भन्दै सर्वसधारणले पनि बिरोध जनाएका छन। डोटीका जगन्नाथ बलायरले शिखर नगरपालिकाको वडा कार्यालय ११ वोगरा खोला तठबन्दका लागी योजना माग गर्दा मुख्यमन्त्री त्रिलोचन भट्टका स्वकिय सचिव प्रेम कुँवरले ५० हजार र वडा नम्वर ११ का माओवादी केन्द्रका अध्यक्ष रमेश जोशी सैपालले ३० हजार रुपैया कमिशन लिएको समाजिक सन्जाल फेसवुक लेखेका छन । पैसा दिएर पनि योजना नपाएको भन्दै उनले असन्तुष्टी जनाएका छन्। योजना वाँडफाँट गर्नेवेला नै बिचौलियाहरु मार्फत कमिसनमा वाँडिने आरोप प्रदेश सरकारलाई लाग्दै गरेकोमा यस बर्षको बजेटमा छताछुल्ल भएको भन्दै चौतर्फी बिरोध भएको छ।
प्रकाशित: ९ असार २०७८ १२:४५ बुधबार