अर्थ

तीन सयले बढ्यो सुन

साताको दोस्रो दिन आज सोमबार नेपाली बजारमा सुनको मूल्य ९१ हजार पुगेको छ।

साताको पहिलो दिन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको भएको सुन आज ३ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै आज चाँदीको मूल्य १३ सय रुपैयाँ रहेको छ।  

तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९० हजार पाँच सय रुपैयाँमा कारोबर भइरहेको छ।

प्रकाशित: ६ वैशाख २०७८ ०६:३८ सोमबार

नेपाल सुनचाँदी व्यवसायी महासंघ