गजुरी बजारमा आगामी चैत १२ देखि गजुरी महोत्सव–२०७७ हुने भएको छ। महोत्सव राष्ट्रिय घरेलु तथा साना उद्योग महासंघले गर्न लागेको हो। स्थानीय वस्तुको निकासी एवं जिल्लामा लगानी तथा प्रविधि भित्र्याउने उद्देश्यले महोत्सव गर्न लागिएको आयोजक समितिका संयोजक सुमित श्रेष्ठले बताए।
‘कोभिड १९ का कारण उद्यम, व्यवसाय थिलथिलो भएको छ,’ संयोजक श्रेष्ठले महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा भने, ‘उद्योग, व्यापार, कृषि र पर्यटन प्रवद्र्धनका लागि आयोजना गरिएको महोत्सवले हालको सुस्त कारोबारलाई गतिशील बनाउन सहयोग गर्ने आशा राखेका छौं।’
मेलाले धादिङसहित अन्य जिल्लामा उत्पादित कृषिजन्य, लघु, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन र प्रविधि हस्तान्तरण्मा सहयोग पु¥याउने आयोजकले जनाएको छ।
घरेलु तथा मझौला उद्योगबाट उत्पादित सामग्री, हेलिकप्टरबाट दृश्यावलोकन, खेल–मनोरञ्जन, कृषि प्रदर्शनी महोत्सवको मुख्य आकर्षण हुने संयोजक श्रेष्ठले बताए। महोत्सवबाट प्राप्त आम्दानी स्थानीय सरकारको साझेदारीमा सामाजिक कार्यमा लगानी गरिने बताइएको छ। मेला १३ दिन चल्नेछ।
प्रकाशित: १९ फाल्गुन २०७७ ०३:३८ बुधबार