अर्थ

विकासको नाममा अर्बौँ खर्च, कच्ची पुलको भरमा जोखिम यात्रा

महिला लघु वित्त सहकारीमा कार्यालयका दुई जना कर्मचारी गुलरिया नगरपालिका–८ स्थित बाँसको पुलबाट सरजु नदी तर्दा सोमबार मोटरसाईकलसहित नदीमा खसे । महिला लघु वित्तमा सहकारीमा कार्यरत दुई युवा नदीमा मोटरसाईकलसहित  खस्दा घाईते भए । घाइतेमात्रै होइन कर्मचारीले बोकेका कागज पत्र भिज्यो । 

उक्त बाँसे  पुलबाट आवागमन गर्ने अधिकांश हविगत त्यस्तै हुने गरेको छ । यतिबेला नदीमा खसेका कर्मचारीको फोटो सामाजिक सञ्जालमा भाईरल बनेको छ । लामो समय देखि पुल बनाउँने आशामा रहेका टपरा गाउँका बासिन्दा यतिखेर निराश छन् । रातविरात हिड्दा र बृद्ध  बालबालिका जोखिम मोलेर यात्रा गर्न परिरहेको राजेश अधिकारीले बताए । ‘लामो समय पुल नबन्दा हामीलाई सास्ती भईरहेको छ’, उनले भने, ‘रात विरात न एम्बुलेन्स जान्छ । कहिले सम्म कष्टकर जिवन वाच्न पर्ने हो ?’ पुलमा हिड्दा हल्लिने गरेको छ । घरेलु प्रबिधिबाट वनेको पुल कति खेर खस्ने हो थाहा नहुने उनले सुनाए ।

चुनावका वेला पुल बनाईदिने  नेता पनि फर्केर नजाने गरेको उनको गुनासो छ । ‘चुनावका वेला पक्की पुल बनाईदिने आश्वासन दिएर स्थानीय तह देखि केन्द्र सरकार सम्म जनप्रतिनिधि चुनिए, खै कसले बनाई दिन्छ पुल’, उनले पश्न गरे । सामाजिक संजाल गरिएको अर्को काठको  पुल पोष्ट यतिखेर सामाजिक संजालमा भाईरहल बनेको छ ।सामाजिक संजालमा सोधिएको छ, ठाकुरवावा नगरपालिकाको यहि हो विकास ? सर्वसाधरणलाई मोटरसाईकलमा आवागमन गर्न परेको अप्ठेरो भएको सामाजिक संजालमा गरिएको तस्विर आफै बोलेको छ । तीन तहका सरकार भएदेखि जिल्लामा स्थानीय तह, प्रदेश सरकार र संघिय सरकारका जनप्रतिनिधिले बजेट खर्च गरेका छन् । तर ती बजेट अत्यावश्यक ठाउँमा प्रयोग नभएको यी तस्विर पुष्टि गरेका छन् ।

वितरण मुखी बजेट भनेर आलोचना भएका वेला काठे पुलका ठाउँमा पक्की पुल किन वन्न सकेन भन्ने आम सर्वसाधरण प्रश्न उठाईरहेका छन् । एउटा स्थानीय तह अर्बाैँ  बजेट खर्च गरेको देखिएपनि अत्यावश्यक ठाउँमा पुर्वाधार नबन्नु दुःखद भएको सामाजिक संजालमा बहसको विषय बनेको छ । तीन वर्षको अवधिमा प्रदेश सरकारले अर्बो खर्च गरेको रेकर्ड देखिएपनि अत्याआवश्यक ठाउँमा वन्न पर्ने पुल र सडक अवस्था जस्ताको तस्तै रहेको स्थानीय बताउँछन् । गुलरिया नगरपालिका ८ स्थित सरजु नदी र ठाकुरवावा ३ स्थित वावनपुर गाउँमा रहेको काठे पुललाई पक्की पुल वनाउँने योजना यस कार्यालयमा नभएको सडक डिभिजन कार्यालयका प्रमुख हेम वहादुर एसिले जानकारी दिए । ‘प्रदेश सरकार वा स्थानीय सरकारको पक्की पुल वनाउँने योजना भए थाहा भएन’, उनले भने,‘दुई ठाउँमा पक्की पुल बनाउँने योजना यस कार्यालयमा छैन ।’  

प्रकाशित: २० माघ २०७७ ०९:१६ मंगलबार