अर्थ

चन्द्रागिरी हिल्सको आइपीओ आजदेखि खुल्यो

चन्द्रागिरी हिल्सको आज शुक्रबार (पुस २४ गते) बाट सर्वसाधारणका लागि आइपीओ बिक्री खुलेको छ। कम्पनीले १ रुपैयाँ दरमा १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको हो। यसमध्ये ४ प्रतिशत अर्थात् ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ५ प्रतिशत अर्थात् ७६ हजार ७०५ कित्ता साधारण शेयर सामूहिक लगानी कोषलाई छुट्याइएको छ।  

बाँकी १३ लाख ९६ हजार २२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन्। त्यस्तै, ३ लाख ६ हजार ८१९ काठमाडौं र मकवानपुरका आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको छ।

चन्द्रागिरीको आइपीओमा ग्लोबल आइएमई क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ। यस आइपीओमा लगानीकर्ताले पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन्। सो समयमा सबै आइपीओ बिक्री नभएमा भने माघ ९ गतेसम्म बिक्री खुला रहने कम्पनीले जनाएको छ।  

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउँनेछन्। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। साथै, मेरो सेयर मार्फत पनि आवेदन दिन पाइनेछ।

प्रकाशित: २४ पुस २०७७ ०२:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App