अर्थ

जगदम्बा स्टिलले नष्ट गर्दै कम गुणस्तरका डण्डी

सिमरामा रहेको जगदम्बा स्टिल प्रालिले कम गुणस्तर भेटिएको फलामे डण्डीलाई नष्ट गर्ने कार्य शुरु गरेको छ।

बजारमा उपभोक्तलाई बिक्री गर्न पठाइएको डण्डीको गुणस्तर मापडण्ड भन्दा फरक भेटिए पछि नेपाल गुणस्तर तथा नापतौल विभागको निर्देशनमा बजारबाट डण्डी फिर्ता मगाएर  नष्ट गर्ने कार्य शुरु गरिएको हो।

यो पनि पढ्नुहोस्

गुणस्तरहीन जगदम्बा डण्डी बिक्रीमा बन्देज

जगदम्बाले फलामे डण्डी उत्पादन गर्दा मापदण्डभन्दा बढी केमिकल प्रयोग गरेर गुणस्तरलाई बेवास्ता गरेको भेटिए पछि नेपाल गुणस्तर तथा नापतौल विभागले त्यसलाई फिर्ता गरेर नष्ट गर्न निर्देशन दिएको थियो।  

जगदम्बा स्टिलका प्रशासकीय अधिकृत कुमुदराज ढकालले गुणस्तमा कमि देखिएको १६ एमएमको डण्डीलाई फिर्ता मगाएर त्यसलाई टुक्रा टुक्रा गरेर नष्ट गर्ने कार्य शुरु गरिएको दावी गरेका छन्।

देशको बिभिन्न भागहरुबाट फिर्ता मगाइएको डण्डीलाई ईलाका प्रशासन कार्यालय सिमरा र नेपाल गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका प्रतिनिधीको रोहमारमा डण्डीलाई नष्ट गर्ने कार्य गरिएको उद्योगले जनाएको छ।

डण्डीलाई नष्ट गराउन जगदम्बा उद्योगमा पुगेको नेपाल गुणस्तर तथा नापतौल कार्यालय वीरगन्जका निरीक्षक तिलक केसीले १६ एमएमको डण्डीलाई टुक्रा टुक्रा गरेर नष्ट गर्ने कार्य शुरु गरिएको बताए।  

डब्लु ७७०३१० ब्याचको लगभग तीन सय टन १६ एमएमको डण्डीलाई नष्ट गर्नु उद्योगबाट जानकारी आएको नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा देवेन्द्र केसीले बताए।

उद्योग र बजारबाट फिर्ता गराइए पछि डब्लु ७७०३१० ब्याचको १६ एम एमको डण्डीको थपघटसमेत हुने अवस्था रहेको केसीले बताए।

काठमाडौं महानगरपालिका–१६, खरिबोट, बोहोराटारका श्रीकृष्ण भट्टराईले घर निर्माण गर्दा जगदम्बा स्टिलको १६ एमएमको डण्डी भाँच्चिएको थियो । डण्डी गुणस्तरहीन भएको भन्दै भट्टराईले गुणस्तर परीक्षण, क्षतिपूर्ति र कारबाहीको माग गर्दै निवेदन दिएपछि विभागले जगदम्बाको डण्डी परीक्षण गरेर कारवाही प्रक्रिया अगाडि बढाएको छ।

 

 

 

प्रकाशित: ११ आश्विन २०७७ १२:५० आइतबार