अर्थ

लगानीबारे ओमानमा छलफल

 नेपालका विभिन्न क्षेत्रमा लगानीका लागि ओमानमा छलफल गरिएको छ। ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले त्यहाँका व्यापार, उद्योग तथा लगानी प्रवद्र्धनमन्त्री काइस मोहम्मद अल युसुफसँग लगानीबारे छलफल गरेकी हुन्। ढकालले पछिल्लो गतिविधिबारे जानकारी गराउँदै नेपालमा वैदेशिक लगानीको उचित वातावरण सिर्जना भएको बताइन्।उनले जलविद्युत्, भौतिक पूर्वाधार, कृषि, उद्योग एवं पर्यटन जस्ता क्षेत्रमा ओमानले लगानी गर्न सक्ने सम्भावना औंल्याइन्।

मन्त्री युसुफले ओमान नेपालको जलविद्युत् तथा कृषि क्षेत्रमा सहकार्य गर्न तयार रहेको बताउँदै नेपाली कृषि उत्पादनलाई ओमानको बजारमा विशेष प्राथमिकता दिने बताए।सोही छलफलमा नेपाल र ओमानबीच व्यापार, वाणिज्य तथा लगानी प्रवद्र्धनका लागि आवश्यक रणनीतिबारे पनि छलफल भएको ओमानस्थित नेपाली राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २ आश्विन २०७७ ०२:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App