अर्थ

एनसेलको नयाँ अफर

एनसेल आजियाटा लिमिटेड (साबिकको एनसेल प्राइभेट लिमिटेड) ले नेपालमा पहिलोपटक वायरफ्री प्लस वाइफाई सेवा सुरु गरेको छ।

उपभोक्ताले अब आकर्षक बन्डल सेवासहित कुनै झन्झटबिना गुणस्तरीय वायरफ्री इन्टरनेट र वाइफाई कनेक्टिभिटी सहितको बन्डल सेवाबाट फाइदा लिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले यो सेवा आफ्नो अम्ब्रेलाथिम ‘प्लस’ अन्तर्गत मंगलबार सुरु गरेको हो। वायरफ्री प्लस सेवा नवीन वायरलेस प्रविधिमा आधारित घरेलु तथा व्यावसायिक दुवै प्रयोजनका लागि लक्षित वाइफाई सेवा रहेको जारी विज्ञप्तिमा उल्लेख छ।  

प्लान अनुसारको आकर्षक बन्डल सेवा, बन्डलिङ सेवा अन्तर्गत ग्राहकले दुइटा फोरजी सिमकार्ड पाउने, प्लानका आधारमा प्रत्येक सिममा पाँच जिबीदेखि १० जिबी डेटा र मोबिप्लेक्स, हंगामा म्युजिक, दामी म्युजिक, प्रभु टिभी लगायत डिजिटल कन्टेन्ट र हप्ताको सातै दिन, २४सै घन्टा उपलब्ध हुने ग्राहक सेवा यस वायरफ्री प्लस वाइफाई सेवाको प्रमुख विषेशता रहेको कम्पनीले जनाएको छ।

गत महिनादेखि कम्पनीले यो सेवा लिन इच्छुक ग्राहकबाट प्रि–बुकिङ लिन सुरु गरेको उल्लेख छ। 

प्रकाशित: २३ श्रावण २०७७ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App