अर्थ

व्यवसायीद्वारा आन्दोलनको चेतावनी

राष्ट्रिय उद्योग व्यापार महासंघ र नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनले आन्दोलनमो चेतावनी दिएका छन्। नेपाल सरकार अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजश्व विभागले सवै करदाताहरुलाई सूचित गर्दै बुझाउनुपर्ने कर तुरुन्त बुझाउन गरेको सूचना शंसोधन गरी असोज मसान्तसम्म विस्तार नगरे आन्दोलनको चेतावनी दिइएको हो।  

कोरानाको महामारीले पूर्णतया वन्द भएको उद्योगव्यापार तथा व्यवसायलाई आमागी वर्षको बजेटमा राहत प्याकेजमार्फत् संशोधन गर्नुपर्नेमा उल्टै कर बुझाउन गरिएको सूचनाले सम्पूर्ण उद्योगी व्यवसायी तथा व्यापारीहरु हतोत्साहित भएको संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।  

महासंघका अध्यक्ष शिव कट्टेल र संगठनका वरिष्ठ उपाध्याक्ष डम्वर अर्यालद्धारा जारी संयुक्त विज्ञप्तिमा नेपाल सरकार र वैंकहरुलाई बुझाउनुपर्ने कर किस्ता र व्याजमा राहत दिई असोज मसान्तसम्म तिर्न पाउनुपर्ने व्यवसायीको माग रहेको जनाइएको छ। यो अवस्थामा कर बुझाउन सक्ने परिस्थिति नरहेको स्मरण गराउँैदै उक्त सूचना खारेज गरी असोज मसान्तसम्म कर बुझाउन पाउने व्यवस्था मिलाउन आग्रह गरिएको छ। 

प्रकाशित: २२ जेष्ठ २०७७ ०३:५९ बिहीबार

व्यवसायी