अर्थ

सुन प्रतितोला ४०० ले बढ्यो

काठमाडौैं –  निकै उतारचढावका बीच कारोवार हुँदै आएको सुनको मूल्य आइतबार सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको छ।

महासंघले आइतबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ७५ हजार र तेजाबी सुनको मूल्य प्रतितोला ७४ हजार सात सय तोकेको थियो। बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला नौ सय रुपैयाँले घटेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ६ सय र तेजाबी सुन प्रतितोला ७४ हजार तीन सय रुपैयाँमा खरिदबिक्री भएको थियो।

पहेँलो धातुको मूल्य बढेसँगै चाँदीको मूल्य पनि प्रतितोला पाँच रुपैयाँले बढेको छ। महासंघले आइतबारका लागि चाँदीको मूल्य प्रतितोला आठ सय ९० रुपैयाँ तोकेको थियो। पछिल्लो समय विकसित इरान–अमेरिका तनाव, चीन–अमेरिका व्यापार युद्धका कारण विश्व बजारमा सुनको मूल्यमा उतारचढाव देखिँदै आएको छ। (रासस)

प्रकाशित: २८ पुस २०७६ ०३:३७ सोमबार

महासंघ विश्व_बजार