अर्थ

पोकलीमा दुईदिन महोत्सव

काठमाडौं – ओखलढुंगास्थित नेपालकै दोस्रो उचाइमा रहेको पर्यटकीय गन्तव्य पोकली झरनालाई प्रवद्र्धन गर्न साँस्कृतिक महोत्सव आयोजना हुने भएको छ। दुई दिनसम्म हुने उक्त महोत्सव पोकली झरना सेवा समाजको आयोजनामा हुन गइरहेको आयोजकले जनाएको छ।

महोत्सवको उद्घाटन उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा, पर्यटन मन्त्रायलका सहसचिव तथा प्रवक्ता रुद्रसिंह तामाङ, प्रदेश ३ का अर्थमन्त्री कैलाश ढुंगेल, प्रदेश १ का पर्यटनमन्त्री जगदिशप्रसाद कुसियत, संघीय प्रतिनिधि सभाका सदस्य यज्ञराज सुनार, संविधानसभाका सदस्य बालकृष्ण ढुंगेल, राष्ट्रिय गानका रचयिता व्याकुल माइला (प्रदिप कुमार)लगायतको सहभागिता रहने छ।

महोत्सवमा साँस्कृतिक झाँकी, स्थानीय खानाका परिकारका साथै स्थानीय कृर्षिजन्य उत्पादनको प्रदर्शनी गरिने आयोजकले जनाएको छ। ‘नेपाल भ्रमण वर्ष २०२० को पूर्वाद्धमा आयोजना हुने महोत्सवले आन्तरिक पर्यटनमा टेवा पुग्ने छ। समितिका महासचिव शम्भु बराल भने, ‘पर्यटकिय गन्तव्यलाई देश विदेशमा चिनाउन महोत्सव कोसेढुंगा सावित हुने छ।’ 

आन्तरिक तथा वाह्य पर्यटकको संख्या बढाउन सरकारले घोषणा गरेका पर्यटकिय क्षेत्रको प्रचार–प्रसारमा जोड दिन संस्थाद्वारा परिचालित युवा गाँउमा काम गरिरहको समेत उनको भनाइ छ। उनले भने ‘प्राकृतिक तथा साँस्कृतिक रुपमा अगाडी रहेको ओखलढुङ्गामा पर्यटन प्रर्वद्वनका विभिन्न आधारहरु रहेका छन। जिल्लामा रहेका थोले गुम्बा र पोकली झरनालाईमात्रै चिनाउन सके पर्यटकको चहल पहल बढाउन सकिन्थ्यो।’ 

उक्त क्षेत्रमा रहेका पर्यटकिय सम्भावना बोकेका क्षेत्रको प्रचार प्रसारमा जोडदिन बृतचित्र निमार्ण गर्न लागको जानकारी गराउदै उनले पुरातत्विक महत्व बोकेको थोले गुम्बाबाट ९० सालको भूकम्प जानु पहिले काठमाडौंको धरहरा देखिने गरेको उनको दाबी छ।

करिव २० हजार आगुन्तकहरुको सहभागीता रहने अपेक्षा गरिएको उक्त महोत्सवमा सहभागीहुन झापादेखि नै साइकलिङ गरेर पर्यटक सहभागी हुन लागेको उनको भनाई छ। पछिल्लो समय स्थानिय स्थरमा सञ्चालनमा रहेका होमस्टेहरुले पर्यटकको चहल पहल बढाउन सहयोग पु¥याउदै आएको जनाउदै उनले सस्थागत विकास गर्दे लगिने पनि बताए।

प्रकाशित: १५ कार्तिक २०७६ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App