अर्थ

आज पनि घट्यो नेप्से

काठमाडौं- धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.३३ विन्दुले घटेर एक हजार १३२.४० विन्दुमा पुगेको छ।

यस्तै सेन्सेटिभ परिसूचक ०.३७ विन्दुले घटेर २४७.९८ मा पुगेको छ। कारोवार रकम आइतबारको तुलनामा बढेपनि कुनै उल्लेख्य प्रगति भने हुन सकेन। आइतबार कूल ११ करोड रुपैयाँको मात्रै कारोवार भएको थियो। आज कूल १४५ कम्पनीको छ लाख आठ हजार ६०१ कित्ता शेयर १६ करोड ४३ लाख ४९ हजार ५३६ रुपैयाँमा खरीद बिक्री भए।

कारोवार भएका कूल ११ उपसमूहमध्ये आज छ उपसमूहको शेयर उकालो लागेको छ भने पाँच उपसमूहको शेयर घटेर बन्द भएको छ। बैंङ्किङ १.८८, विकास बैंक ६.७, जलविद्युत ५.११, वित्त २.३ र उत्पादन १६.४५ विन्दुले ओरालो लागे। यस्तै होटल २.७२, निर्जीवन बीमा ८.५९, अन्य १.७, लघुवित्त ०.६२, जीवन बीमा २२.५ र सामूहिक लगानी कोष ०.०३ विन्दुले बढेको छ।

कारोवारका आधारमा आज पनि प्रभु बैंक नै शीर्ष स्थानमा छ। सो बैंकको एक करोड ८९ लाख ३७ हजार ३६७ रुपैयाँ मूल्य बराबरको शेयर कारोबार भयो। यस्तै नेपाल बैंक लिमिटेड ७६ लाख १८ हजार ७७१ रुपैयाँ, मेगा बैंक ७० लाख ४४ हजार ३२६ रुपैयाँ, शिवम् सिमेन्ट ६५ लाख ५६ हजार २७५ रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ६० लाख १७ हजार ३९७ रुपैयाँमा कारोबार भई शीर्ष स्थानमा रहे।

स्टकका अनुसार घोडाघोडी लघुवित्त ४.८१, प्राइम लाइफ इन्स्योरेन्स ४.१८, आशा लघुवित्त वित्तीय संस्था ३.१३, मितेरी डेभलपमेन्ट बैंक २.८६ र बरुण हाइड्रोपावरका लगानीकर्ताले २.३० प्रतिशतले कमाए। त्यस्तै एभरेष्ट बैंक ९.२८, राधी विद्युत कम्पनी ५.५५, कर्णाली डेभलपमेन्ट बैंक ३.८०, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था ३.६२ र वेष्ट फाइनान्स कम्पनीका लगानीकर्ताले ३.२२ प्रतिशतले गुमाए। रासस

प्रकाशित: ४ कार्तिक २०७६ १२:१४ सोमबार

घट्यो नेप्से