अर्थ

यस कारणले फेरिँदैछ कोलकता बन्दरगाह

वीरगन्ज - कोलकताबन्दरगाहले आफ्नो पुर्वाधार बिस्तारसंगै प्रक्रियागततथाब्यपस्थापकीय कुरामाब्यापक सुधार गरेको छ। तीनबर्ष अगाडीसम्म नेपालीब्यपारका लागिभारतस्थित एक मात्रबन्दरगाह रहेको कोलकताकाप्रतिस्पर्धी थपिएका छन् ‘नयाँदुई बन्दरगाह’। आफ्नो सात दशक पुरानो सेवाग्राही नेपाललाई ब्यपारका लागिअन्यत्र जानबाट रोक्ने दबावमा कोलकताले ब्यपाक सुधार गरेको छ।

नेपालले बैदेशिकब्यपारका लागिप्रयोग गरिरहेको सबभन्दा पुरानो होभारतको पश्चिमबंगालप्रान्तको कोलकताखिदिरपुरस्थितबन्दरगाह। सातदशकदेखि नेपालले उक्तबन्दरगाहप्रयोग गर्दा खप्दै आएको समस्याहरुमा सुधार भएको तेस्रो मुलुकसंगको नेपालीब्यपारका सरोकारवालाले बताएकाछन।

यसअघि तेस्रो मुलुकसंगको ब्यपारका लागि नेपालसंग बिकल्पनहुँदा नेपालीआयातकर्ताका समस्यालाई कोलकतापोर्ट ट्रष्टले बेवास्तागर्दै आएको थियो। कतिपयअवस्थामाबन्दरगाहको ब्यवस्थापकीय हेलचक्र्याईले गर्दा समेत नेपालीआयातकर्ताले समस्याखप्नु परेको थियो। बन्दरगाहको अपुग संरचना र ब्यवस्थापनको अवस्थाकमजोर हुँदा नेपालीआयातमहँगो र बढी समय लाग्ने खाले थियो। यसले गर्दा नेपालले अनावश्यक रुपमा करोडौं रुपैया बिलम्बशुल्क र जरिवाना बेहोर्दै आएको थियो। आयातितमालबस्तु माथीब्यपार लागतको भारले उपभोक्तालाई नै अन्तमाथिच्ने भएकोले कोलकताका बेथिती देशकै लागि समस्याको रुपमाअथर््याइएको थियो। सरोकारवालाकाअनुसार अब भने कोलकताबन्दरगाह फेरिएको छ।

नेपालीब्यपारका लागि सुबिधा बढाएको कोलकतापोर्ट ट्रष्टको दावीउसै पनि छ। कोलकताबन्दरगाहको औपचारिक भ्रमण गर्न पुगेका उद्योग बाणिज्य तथाआपुर्ती मन्त्रीमात्रिका प्रसाद यादव नेतृत्वको टोलीसंग कुरा गर्दै कोलकतापोर्ट ट्रष्टका अध्यक्षबिनितकुमारले समेत कोलकताबन्दरगाह फेरिएको र त्यहाँभएर आयातगर्दा नेपालीआयातकर्तालाई तुलनात्मकलाभ रहेको दावी गरे।

‘हामीले सदैव नेपालीब्यपारलाई राम्ररी सेवाप्रदान गर्न तत्पर छौं, हामीले बन्दरगाहमाभौतिक संरचनामाआवश्यक स्तरोन्ती गरेका छौं, अरु प्रक्रियागत कुरामापनि सुधारहरु गरेका छौं,’ पोर्ट ट्रष्टका अध्यक्षकुमारले भने, ‘अहिले कोलकताबन्दरगाहले कस्तो सुबिधादिरहेको छ भन्ने नेपालकाआयातकर्ता लगायतले बुझ्न जरुरी छ। यहाँबाट आयातहुँदाब्यपारमा नेपाललाई लागत र समय दुबै बचत हुन्छ भन्ने कुरा अवगत गराउन चाहन्छुँ।’

नेपालले अहिले कोलकतासंगै हल्दिया र बिशाखापटनम गरी तीन वटा भारतीयबन्दरगाह बैदेशिकब्यपारका लागिप्रयोग गर्न पाएको छ। यसमध्ये कोलकता र हल्दियानदीमाआधारित बन्दरगाह (रिभराइनपोर्ट) हुन। बिशाखापट्नममात्र समुद्रीबन्दरगाहहो। भारतकै अन्यदुई बन्दरगाह धमरा र मुन्द्रानेपालले प्रयोगको लागिपाउने भनेर भारतले सैद्धान्ति सहमति गरिसहेको छ। जसमध्ये ठुला जहाजआउन सक्ने र नीजि क्षेत्रले संचालन गरेको समुद्रीबन्दरगाहधमराको साम्भाब्यताप्रबल रहेको बताइन्छ। यस्तोमा कोलकताले आफ्नो पुरानो सेवाग्राही रहेका नेपालीआयातकर्तालाई अन्यत्र जानबाट रोक्न चाहन्छ।

तुलनात्मक रुपमाकमलागत र सुबिधापाउने भएपछि कोलकताभएर हुदै आएको आयात बिशाखापट्नमतिर मोडिन थालेको तथ्यांकदेखिन्छ। भारतीयआर्थिक बर्ष २०१७/०१८ मा बेरासीहजार २ सय ८ कन्टेनर कोलकताभएर र मात्रचारहजार ७ सय ८६ कन्टेनर बिशाखापट्न भएर आएकाथिए। आर्थिक बर्ष २०१८÷०१९ मा भने अवस्था फेरियो।दुबै बन्दरगाह गरी समग्रमा नेपालको कन्टेनरको संख्या ११.३६ प्रतिशतले बढ्दा कोलकताभएर आउने कन्टेनरको संख्या ३ प्रतिशतले घटेको छ।

बशिाखापट्नमभएर  आउने कन्टेनर भने साढे ३ गुणा बढेको छ। बर्ष २०१८÷०१९ मा कोलकताभएर उन्नाअस्सीहजार ७ सय ७७ कन्टेनर आएकाथिए। बिशाखापटनम भएर सत्र हजार ५६ कन्टेनर आए। ‘ताजाअवस्थामारेलमार्गमा नेपालजाने कन्टेनरमा बिशाखापट्नमले कोलकतालाई उछिनेको छ,’ कोलकताभन्सार एजेन्ट संघको नेपाल भुटान उपसमितिकाअध्यक्ष रहिसकेका कार्यकारी सदस्य अमृतभक्तश्रेष्ठले भने, ‘करिब ६० प्रतिशतरेल बण्ड (रेलमाओसार्ने  कन्टेनर) बिशाखापटनम भएर आइरहेका छन्, कोलकताभएर ४० प्रतिशतमात्र छ।’ यसले गर्दा यतिखेर कोलकताबन्दुगाहले आफ्नो पुरानो सेवाग्राही नेपाललाई अन्यत्र जानबाट रोक्ने मनसायमा देखिएको हो।

बिहीवार मात्र कोलकतापोर्ट ट्रष्ट र नेपालपारवहनतथागोदाम व्यवस्थापनकम्पनी लिमिटेड (एनटीडब्ल्यूसी) विच समझदारी पत्रमा हस्ताक्षर भएपछि कोलकतामा नेपालको आफ्नै कण्टेनर फ्रेट स्टेसन (सीएफएस) उद्घाटन भएर संचालनमाआएको छ।भरतकालागि नेपाली महावाणिज्व्यदुत एकनारायण अर्यालले कोलकताबन्दरगाहमा पछिल्लो समयमा क्रमबद्ध सुधार भएको बताए। उनले तेस्रो मुलुकसंगको नेपालको ब्यपारका लागि सेवाप्रदायकहरु विचप्रतिस्पर्धा बढेको बेला नेपालले तुलनात्मकलाभ उठाउन सक्नु पर्ने टिप्पणी गरे।

‘सेवाग्राहीलाई तुलनात्मक रुपमाजहाँ समय अनिखर्चको बचत र सुबिधामहसुश हुन्छ त्यताजानु स्वभाविकहो,’ पोर्ट ट्रष्टका अध्यक्षकुमारले भने, ‘मुख्य कुरो के हो भने नेपालबाट सबभन्दानजिकको बन्दरगाहहामीहौं, सबै खाले सुबिधायही निर हामीदिरहेका छौं, अब सिपिङ्गकम्पनीविचप्रतिस्पर्धा बढाएर नेपालले फाइदालिन सक्नुपर्छ।’ धेरै वटा सिपिङ्गकम्पनीले अहिले कोलकताभएर सेवाप्रदानगरिरहेको र त्यहाँभएर बिद्युतीयनिगरानी प्रणाली ‘इलेक्ट्रोनिककार्गो ट्रयाकिङ्ग सिस्टम’ (इसिटिएस) सहित र बिना‘इसिटीएस’दुबै तरिकाले आयातको सुबिधा रहेको उनले बताए।

प्रकाशित: १५ भाद्र २०७६ ०३:२१ आइतबार

कोलकताबन्दरगाह