अर्थ

चार वर्षपछि भारतले बल्ल पूरा गर्‍यो बाचा, २ अर्ब ४५ करोड नेपाललाई हस्तान्तरण

काठमाडौं– भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड रुपैयाँ नेपाललाई उपलब्ध गराएको छ। नेपाल भारत संयुक्त आयोगको बैठकमा नेपाल तथा भारतका परराष्ट्रमन्त्रीहरुको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरीले पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई रकमको चेक हस्तान्तरण गरेका हुन्।

भारतले २०७२ को भूकम्पपछिको पुननिर्माणका लागि १ खर्ब सहयोग गर्ने घोषणा गरेको थियो। जसमा २५ अर्ब अनुदान र ७५ अर्ब ऋण रहेको छ। यस्तै भारत सरकारले निर्माणाधीन हुलाकी सडकको निर्माण सम्पन्न गर्न १ अर्ब ३० करोड रकम उपलब्ध गराएको हो।

प्रकाशित: ४ भाद्र २०७६ १३:२४ बुधबार

नेपाल-भारत_संयुक्त_बैठक भूकम्प पुनर्निर्माण चेक_हस्तान्तरण