अर्थ

बाँकेमा ८० प्रतिशत रोपाइँ

नेपालगन्ज – बाँकेमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको छ। विगत एक महिनादेखि पर्याप्त मात्रामा वर्षा भएकाले धान रोपाइँको दर पनि ह्वात्तै बढेको कृषि ज्ञान केन्द्र नेपालगन्जले जनाएको छ। केन्द्र प्रमुख सागर ढकालले बाँकेमा अब २० प्रतिशत मात्र रोपाइँ गर्न बाँकी रहेको बताए।

गत असार १५ गते राष्ट्रिय धान दिवस मनाउँदासम्म बाँकेमा पाँच प्रतिशत मात्र रोपाइँ भएको थियो। ‘वर्षाले साथ दिँदै गयो भने अबको केही दिनभित्रै शतप्रतिशत रोपाइँ हुन्छ,’ ढकालले भने। उनका अनुसार बाँकेमा कुल ३६ हजार पाँच सय हेक्टर क्षेत्रमा धान रोपाइँ गरिन्छ। यसमध्ये २७ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा भएको ढकालले जानकारी दिए। सिँचाइको वैकल्पिक सुविधा नहुँदा बाँकेका अधिकांश किसानले धान खेतीका लागि बर्सेनि आकासे पानीको साहारा लिनुपर्छ।

प्रकाशित: १२ श्रावण २०७६ ०३:३३ आइतबार

बाँके रोपाइँ पर्याप्त वर्षा