अर्थ

कलैयामा ई–अल्फाको सोरुम

काठमाडौं – नेपालका लागि महिन्द्रा टु ह्विलर्सको आधिकारिक बिक्रेता अग्नि मोटो इन्कले शून्य उत्सर्जन गर्ने नयाँ विद्युतीय सवारी ई–अल्फाको सोरुम बाराको कलैयामा सुरु गरेको छ। कम्पनीले ओम राइराम मोटर्सलाई आधिकारिक डिलर नियुक्त गरी सोरुम खोलेको जनाएको छ।

यो सोरुम स्थापनासँगै कलैया तथा बारा आसपासका सेवाग्राहीले महिन्द्रा थ्री ह्विलर्ससम्बन्धी सम्पूर्ण सेवा सहजै प्राप्त गर्न सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ। ई–अल्फामा कम्पनीले दुई वर्षको र ब्याट्रीमा ६ महिनाको वारन्टी दिएको छ। ६ पटकसम्म निःशुल्क सर्भिसिङ हुने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २७ वैशाख २०७६ ०४:०६ शुक्रबार

महिन्द्रा बिक्रेता उत्सर्जन