अर्थ

जेठ २१ गतेसम्म बन्द

बन्द बिमानस्थलमा काम हुदै। तस्विर/ दिलबहादुर छत्याल

धनगढी - सुदुरपश्चिमवाट काठमाडौं हवाई उडान हुने एकमात्र धनगढी विमानस्थल आइतबारदेखि एक महिनाका लागि बन्द भएको छ। विमानस्थल बन्दसँगै यस प्रदेशबाट हवाईमार्ग भएर काठमाडौं आहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन्। काठमाडौंलगायत राम्रा अस्पतालमा उपचार गराउन जानुपर्ने बिरामीलाई सबैभन्दा बढी गाह्रो भएको छ। हृदयघातलगायत केही गम्भीर बिरामीको सुदूरपश्चिममा उपचार उपलब्ध नभएकाले हवाई मार्गमार्फत उपचारका लागि बिरामी काठमाडौं जाने गर्थे।

मैदानको स्तरोन्नति र कालोपत्रे गर्ने काम सुरु भएकाले आइतबार (वैशाख २२) देखि जेठ २१ गते एक महिनाका लागि विमानस्थल बन्द गरिएको धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले जानकारी दिए। हवाई उडान सुचारु राखेरै कालोपत्रे, मर्मत र स्तरोन्नति गर्न सकिने प्रविधि हुँदाहुँदै सुदूरपश्चिम प्रदेशको एक मात्र नियमित हवाई उडान हुने धनगढी विमानस्थल एक महिना लामो बन्द गरेको भन्दै स्थानीयले आपत्ती जनाएका छन्। देशका अन्य विमानस्थल कालोपत्रे र स्तरोन्नति गरिँदा उडान बन्द नगरिए पनि सुदूरपश्चिममा एक महिना विमानस्थल बन्द गरेर अन्याय गरेको स्थानीयको भनाइ छ।

नेपाल उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेश, कैलाली उद्योग वाणिज्य संघलगायतले बन्द नगर्न माग गर्दै विज्ञप्ति निकालेका छन्। ‘देशका अन्य विमानस्थल मर्मत र कालोपत्रे हुँदा उडान बन्द गरिएको छैन। पहिलेदेखि उपेक्षामा पारिएको सुदूरपश्चिममा जे गर्दा पनि हुन्छ भन्ने मानसिकताका कारण एक महिना हवाई उडान बन्द गरिएको हो,’ उद्योग वाणिज्य संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष शंकर बोगटीले भने, ‘संसारमा सबै ठाउँमा स्तरोन्नति र मर्मत हुन्छ, तर यसरी बन्द गरिएको अनौठो उदाहरण कतै देखिँदैन।’

हवाई उडान बन्दले सवैलाई असर
सुदुरपश्चिमको एकमात्र नियमित हवाई उडान हुने गरेको धनगढी बिमानस्थल बन्द हुदाँ प्रत्यक्ष र अप्रत्यक्ष याहाँका सवैलाई असर परेको स्थानियले बताएका छन।‘बिरामी, अशक्तलाई अन्यत्र जान समस्या भएको छ’स्थानिय किशोर जोशीले भने,‘गाह्रो, असजिलो र इमर्जेन्सी पर्दा सुदुरपश्चिमवाट देशका अन्यभागमा तुरन्तै ओहोरदोहोर गर्ने अन्य उपाय छैन।’ सुदुरपश्चिममा मुटु सम्बन्धी लगायतका गंभिर रोगको उपचार उपलब्ध छैन। केही घण्टामै उपचार गराएर बचाउन सकिने बिरामीले पनि यो हवाई सेवा बन्द भएपछि ज्यान गुमाउनु पर्ने अवश्था आउने भन्दै स्थानिय चिन्तित छन।

धनगढीवाट ४ घण्टाको सडकदुरीमा रहेको नेपालगंजवाट काठमाण्डौ लगायतका ठाउँमा हवाई यात्रा गर्नुपर्ने वाध्यता रहेको स्थानिय बताउछन।‘याहाँवाट ४ घण्टाको गाडीमा नेपालगंज गएर यात्रुले यात्रा गर्नु परेको छ। त्याहाँ गएर पनि हवाई उडान रद्ध हुदाँ यात्रुको बिचल्ली हुने गर्छ’ट्रयाभल व्यवसायी पदम सिंहले भने। एक महिना लामो बन्दले पर्यटन क्षेत्र, व्यवसाय लगायत सवैलाई प्रत्यक्ष असर गर्ने स्थानिय बताउछन।‘पर्यटन क्षेत्र, व्यवसायीलाई, कतिपय अतिआवश्यक जहाजवाट ल्याउनुपर्ने समान ल्याउन नपाएर, आहोरदोहोर गर्न नपाएर प्रत्यक्ष रुपमा याहाँका सवै जनतालाई असर पार्छ’वोगटीले भने।

भद्रपुर, बिरगंज, पोखरा, त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल काठमाण्डौ लागयत अन्य बिमानस्थलमा राती काम गरेर दिउसो हवाईसेवा नियमित गरिएको कैलाली उद्योग वाणिज्य सँघका अध्यक्ष पुष्प कुँवरले बताए।‘धनगढी बिमानस्थलमा पनि हवाई सेवा सुचारु गरेर मर्मत र कालोपत्रे गर्न हामीले अवाज उठाउदाँ पनि सुनवाई भएन’उनले भने। स्थानिय व्यवसायी दिनेश भण्डारीले आर्थिक बर्षको अन्तिममा आर्थिक गतिबिधी बढी हुने समयमा एक महिना लामो बिमानस्थल बन्दले बिकास लगायत सवैक्षेत्रमा गंभिर असर पार्ने बताएका छन।‘बजेट खर्च भएर बढी गतिबिधी हुने पिग आवरका वेला एक महिना बिमानस्थल बन्द हुदा सवैतिर असर पर्छ’उनले भने।

पर्यटन व्यवसायी संजय चौधरीले त्रिभुवन बिमानस्थलमा जस्तै प्रविधि प्रयोग गरेर बिमानस्थल बन्द नगरी रनवे रिहाव गर्न सकिने बिकल्प हुदाँ हुदै बन्द गरिनु दुःखद भएको बताए। त्रिभुवन बिमानस्थलमा राती १० बजेदेखि बिहान  ८ बजेसम्म उडान बन्द गरेर काम भइरहेको उनले बताए। मेशिनवाट पिच उम्काउने, पिच भर्ने र ३ घण्टामै पिच सेट गरिसक्ने प्रविधी प्रयोग गरिएको उनको भनाई छ।‘संसारका सवै बिमानस्थलमा १०, १० बर्षमा रन वे रिहाव गरिन्छ, अहिलेको प्रविधीमा जनतालाई दुःख दिने गरि बन्द गरेर काम अन्यत्र हुदैन’उनले भने। पर्यटकलाई आउन समस्या भएको उनले बताए। यस क्षेत्रका नेताले ध्यान नदिदाँ पनि जनतालाई दुःख दिने गरि बिमानस्थल बन्द गरेर काम भइरहेको उनको भनाई छ। बढी मेशिन, उपकरण र जनशक्ती लगाएर बन्दलाई छोट्याउनु पर्ने उनको सुझाव छ।
नेपाल नागरिक उड्यन प्राधिकरणका सुचना अधिकारी त्रिलोचन पौडलले सुदुरपश्चिम प्रदेशका जनतालाई दुःख दिने नियत नभएको र बजेट कम भएकाले उच्च प्रविधी प्रयोग गरेर काम गर्न नसकिएको बताएका छन।

११ सेन्टिमिटर पिच हुदै
पाच सेन्टिमिटर पिच रहेको धनगढी बिमानस्थलमा अव ११ सेन्टिमिटर कालापत्रे गरिने छ। ८ सय मिटर लम्वाई र १५ मिटर चोडाई जती भाग भत्केकोले पिच उम्काएर पिच गरिने धनगढी बिमानस्थल आयोजना प्रमुृख रतन कुमार श्रेष्ठले भने। अन्य भागमा पचि माथी ६ सेन्टीमेटर कालोपत्रे गरेर ११ सेन्टिमिटर बनाइने उनको भनाई छ। सानो जहाज अवतरण गर्ने क्षमताको पिच रहेपनि ठुला जहाज पनि यो बिमानस्थलवाट उाडन गर्ने गरेका थिए।

धनगढी विमानस्थलका प्रमुख तेजवहादुर बुढ्थापाका अनुृसार धनगढी बिमानस्थलवाट प्रतेक दिन बुद्ध एयरलाइन्स र श्री एयरलाइन्सका २/२ वटा उडान हुने गरेका थिए भने नेपाल एयरलाइन्सले आइतवार, मंगलवार र बिहिवार गरि हप्ताको ३ दिन उडान गर्ने गरेको छ। प्रत्येक दिन ७ सय यात्रुले ओहोरदोहोर गर्ने गरेका थिए।
धनगढी विमानस्थलमा धावन मार्ग र पार्कीङ क्षेत्र विस्तारका लागि लुम्वीनी, कोषी एण्ड न्यौपाने, खड्का, कोईराला

जेभी काठमाडौँले पाएको छ। बिमानस्थल स्तर उन्नती र कालोपत्रेका लागी १७ करोड, ८८ लाख ८८ हजार बजेट रहेको छ। अहिले ६० मिटर चौडाई र १८ सय मिटर लम्वाईमा मर्मत र कालोपत्रे हुने छ। जहाजको पार्किङ क्षमता बढाउन १०० मिटर लम्वाई र ७० मिटर चौडाई विस्तार पनि गरिने छ।
 

प्रकाशित: २३ वैशाख २०७६ ०६:०७ सोमबार

सुदुरपश्चिम हवाई_उडान धनगढी_विमानस्थल बन्द