अर्थ

प्रदेश सरकार–एनआरएनएबीच सम्झौता

मकवानपुर - नमुना आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्न प्रदेश ३ सरकार र गैरआवासीय नेपाली संघ (एनआरएनए))बीच सम्झौता भएको छ। बुधबार हेटौंडामा आयोजित कार्यक्रममा प्रशोधन सुविधासहितको नमुना आधुनिक कृषि परियोजना सञ्चालन गर्न उक्त सम्झौता गरिएको हो।

कृषि उपजको प्रशोधन सुविधासहितको नमुना आधुनिक कृषि परियोजना सञ्चालन गर्न सम्झौता गरिएको हो। दुवै पक्षबीच आवश्यक सहकार्य र कार्यान्वयन गर्न प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र गैरआवासीय नेपाली संघबीच सम्झौता भएको जनाइएको छ।

सम्झौता पत्रमा मन्त्रालयका सचिव योगेन्द्रकुमार कार्की र गैरआवासीय नेपाली संघको कृषि समितिका युवराज गुरुङले हस्ताक्षर गरेका छन्। प्रदेशको निर्वाहमुखी कृषिलाई विशिष्टीकरण गराउने उदेश्यले आधुनिक कृषि बजार परियोजना सञ्चालन गर्न लागिएको मन्त्रालयका सचिव कार्कीले बताए।

हेटौंडासहित प्रदेशका विभिन्न सहरमा आधुनिक कृषि बजार निर्माण गरिने सम्झौतामा पूर्ण सामाजिक उत्तरदायित्वसहितको नाफामूलक व्यवसाय सञ्चालन गर्ने उद्देश्य राखिएको छ। परियोजनाबाट पुँजीलाई सामुहिक रुपमा लगानी गर्ने, सीप दक्षता र अनुभवलाई उपयोग गर्दै आधुनिक कृषि प्रविधि र अन्तर्राष्ट्रिय जगतमा सफल भएका कृषि अभ्यासलाई मुलुकमा भिœयाउने लगायत लक्ष्य राखिएको छ। कृषि उत्पादनमा वृद्धि, प्रशोधन र बजारीकरणमार्फत समग्र कृषि क्षेत्रको प्रवद्र्धन र विकासका लागि गैरआवासीय नेपाली संघले आह्वानसमेत गरेको छ।

परियोजनाबाट पुँजीलाई सामुहिक रुपमा लगानी गर्दै सीप दक्षता र अनुभवलाई उपयोग गरी आधुनिक कृषि प्रविधि र अन्तर्राष्ट्रिय जगतमा सफल भएका कृषि अभ्यासलाई भित्र्याउनेलगायत लक्ष्य राखिएको छ।

कार्यक्रममा बोल्दै प्रदेशका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दार्जे लामाले नेपालको कृषिलाई निर्वाहमुखीबाट आत्मनिर्भर बनाउन आधुनिकीकरण गर्ने अभियानमा लागिएको बताए। ‘निर्वाहमुखी कृषिलाई अब व्यावसायिक कृषि बनाउँदै समृद्ध नेपाल निर्माणमा रुपान्तारण गर्ने छौं,’ उनले भने, ‘यो कामलाई छिटो शुरुवात गर्न सरोकारवालालाई आग्रह गर्दछु।’ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलका राजनीतिक सल्लाहकार जेएन थपलियालगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: १२ वैशाख २०७६ ०२:४७ बिहीबार

आधुनिक_कृषि प्रदेश_३ एनआरएनए