अर्थ

नेसनल लाइफको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं – बझाङमा नेसनल लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। रामप्रसाद खत्री स्मृति प्रतिष्ठान बझाङको आयोजना तथा खप्तडछान्ना गाउँपालिका र नेसनल लाइफ इन्स्योरेन्सको सहप्रायोजनमा बझाङको खप्तडछान्ना गाउँपालिका वडा नं. ४, नेटाकाटिया ब्रमस्थलमा पर्ने दुर्गा महालिंग माविको भवनमा २५ र २६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो। उक्त शिविरमा लुम्बिनी अञ्चल अस्पताल, तिलोत्तमा हस्पिटल, तिलोत्तमा आँखा अस्पताल, आम्दा हस्पिटल बुटवल र हिमाल डेन्टलका चिकित्सकको संयुक्त टोलीले सेवा प्रदान गरेको थियो। सात वटा विशेषज्ञ विधामा सेवा प्रदान गरिएकोमा सामान्य चिकित्सातर्फ ६ सय ९५ जना, हाडजोर्नीतर्फ आठ सय ८१ जना, दन्तरोगतर्फ दुई सय ६१ जना, आँखातर्फ तीन सय ८१ जना, स्त्रीरोगतर्फ पाँच सय ७६ जना, बालरोगतर्फ एक सय ९४ जनाले सेवा लिएको कम्पनीले जनाएको छ। शल्यक्रियातर्फ १० जनाले सेवा लिएका थिए।

प्रकाशित: २८ चैत्र २०७५ ०१:२७ बिहीबार

नेसनल_लाइफ_इन्स्योरेन्स स्वास्थ्य_शिविर स्मृति_प्रतिष्ठान