अर्थ

सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

काठमाडौं – सिभिल बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ। सम्झौतापत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकत गोविन्द गुरुङ र मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौता अनुसार भाटभटेनी ग्रुपद्वारा प्रवर्द्धधित भाटभटेनी मनी ट्रान्सफरको विप्रेषण सेवा सिभिल बैंकको ७२ शाखाबाट सहज रुपमा लिन सकिनेछ। यो सेवा अब नेपालभरि रहेको सबै भाटभटेनी सुपरमार्केटमा पनि छिट्टै उपलब्ध हुने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ चैत्र २०७५ ०७:५८ शुक्रबार

सिभिल_बैंक भाटभटेनी_मनी_ट्रान्सफर सम्झौता