अर्थ

जताततै पैसाकै गफ

काठमाडाैं - बिहान साँढे आठ बजेको छ। काठमाडौंस्थित सोल्टी होटलमा मान्छेको भीड लागिसकेको थिए। नेताहरूको आऊजाऊ चलिरहेको छ। ‘बिजेनस म्यान’हरू प्रफुल्ल मुद्रामा देखिन्छन्। वेलावेला साइरन बजाउँदै मन्त्रीका गाडी आइपुग्दै थिए। लाइनले उभिएका प्रहरीहरू सिठी बजाउँदै पार्किङ देखाउँदै थिए।

सोल्टी क्राउन प्लाजाको एक छेउमा माधवकुमार नेपाल अन्तरर्वार्ता दिइरहेका थिए। उनी भन्दै थिए– ‘बाह्य लगानी आउँदा हामीलाई नै फाइदा हुन्छ। ठूला लगानी भित्र्याउनुपर्छ। तर, यहाँको लगानीलाई विस्थापित गर्नु हुँदैन।’ नेता नेपाललाई यताउता डोहा-याउँदै पत्रकारहरू २/४ वटा प्रश्न सोधिरहेका थिए। यो दृश्य आज शुक्रबारदेखि सुरु तेस्रो लगानी सम्मेलनको हो। सोल्टी क्राउन प्लाजामा चैत १४ र १५ गते सम्मेलन हुँदै छ। आज पहिलो दिन। 

प्लाजाको गेटबाट भित्र छिर्नासाथ मान्छेको भीडभाड देखिन्थ्यो। निष्फिक्री हिँड्नै मुस्किल थियो। असनको गल्लीमा हिँडेजस्तो कहाँ, कतिवेला, कोसँग ठोक्किने हो टुंगै थिएन। पाइलैपिच्छे ख्याल गर्नुपर्ने अवस्था थियो। नत्र, कोसँग कतिवेला ठोक्किने हो डराई डराई हिँड्नुपर्ने अवस्था थियो। 

प्लाजाको गेटबाट भित्र छिर्नासाथ मान्छेको भीडभाड देखिन्थ्यो। निष्फिक्री हिँड्नै मुस्किल थियो। असनको गल्लीमा हिँडेजस्तो कहाँ, कतिवेला, कोसँग ठोक्किने हो टुंगै थिएन।

त्यहाँ आएकाको शरीर चेक गर्नै व्यस्त थिए सुरक्षाकर्मी। ‘चेक’ गर्दै मान्छेलाई कार्यक्रम हलतिर पठाइरहेका थिए। ‘पास’ नहुनेहरूलाई प्रवेश निषेध। पत्रकारहरू प्रेस कार्डको सहायतामा भित्र छिर्दथे। अधिकांशको घाँटीमा ‘नेपाल इन्ज्भेस्टमेन्ट समिट’को पास थियो। कोही स्पिकर थिए त कोही गेस्ट अनि कोही अर्गनाइजर पनि। 

भित्र छिरेपछि पनि मान्छेको चहलपहल निक्कै बढी देखिन्थ्यो। ‘अडियन्स’हरूलाई व्यवस्था गरिएको कुर्सी भरिभराउ थिए। मूल कार्यक्रमस्थलमा बस्ने ठाउँ पाउनु भाग्य। मान्छेहरू उभिएरै लगानी सम्मेलनको उद्घाटन हेरिरहेका थिए। ‘मोडोरेटर’ महिला बारम्बार भनिरहेकी थिइन्– कृपया वरपर भीड नगरिदिनुहोला। हाम्रा ‘गेस्ट’हरूको सुविधाका लागि भए पनि तपाईंहरू बाहिर बसेर कार्यक्रम हेरिदिनुहोला। 

लगानी गर्न सहज/असहजका विषयमा दर्शकहरू पनि गफिएका थिए। उपस्थित अधिकांश नेपालीको ध्यान कति लगानी आउला भन्नेमै थियो।

दर्शकहरूले टेर्ने छाँटकाँट देखाएनन्। बाहिर दुई ठाउँमा ‘स्क्रिन’ राखेर कार्यक्रम देखाइएको थियो।  स्क्रिन राखिएको त्यो दुई ठाउँ पनि खालि थिएन। संघीय सरकारका बहालबाला उद्योगमन्त्री भित्र बस्ने कुर्सी नपाएर यताउता हिँडिरहेका देखिन्थे। मन्त्रीले नपाएको ठाउँ सांसदले पाउने कुरै भएन। बाहिरैबाट मस्तसँगले हेरिरहेका थिए उनीहरुले। थरीथरीका देशी/विदेशी पाउना देखिन्थे। मान्छेको भीडमा सबैको गफचाहिँ एउटै थियो–लगानी अर्थात् पैसा। 

जता जसरी टाउको हल्लिए पनि त्यो पैसाकै कुरो हुन्थ्यो। हजार र लाखका कुरै छाडौं, करोड पनि कम थिए, उपस्थित गफ। नाफा–घाटाको जोडघटाउ चल्दै थियो। लगानी गर्न सहज/असहजका विषयमा दर्शकहरू पनि गफिएका थिए। उपस्थित अधिकांश नेपालीको ध्यान कति लगानी आउला भन्नेमै थियो। 

‘स्टेज’बाट त जतिबेला पनि नेपालमा लगानीको वातावरण सहज भएको रटान लगाइँदै थियो। एकोहोरो रुपमा नेपालमा स्थिरता आएको पुस्ट्याइँ बारम्बार हुँदै थियो। 

प्रतिपक्षी नेपाली कांग्रेसका नेता रामशरण महत पनि नेपालमा लगानीको राम्रो वातावरण बन्दै आएको विश्वास दिलाइरहेका थिए। चर्काे स्वरमा उनी भन्दै थिए, ‘आन्तरिक लगानी मात्रै यो देशको प्रगतिका लागि पर्याप्त छैन। बाह्य लगानी आवश्यकता छ।

अर्थमन्त्री युवराज खतिवडापछि बोलेका प्रधानमन्त्री केपी ओलीले त लगानीका लागि नेपाल ‘भर्जिन ल्यान्ड’ नै भएको बताइदिए। उनी भन्दै थिए– ‘हामीले राजनीतिक अस्थिरताको अन्त्य गरिसकेका छौँ, लगानीका लागि उपर्युक्त वातावरण तयार पारिसकेका छौं। अवसरहरूले तपाईंलाई नै पर्खिरहेको छ।’

अर्थमन्त्री युवराज खतिवडाको भनाइ पनि त्यस्तै थियो। उनी भनेका थिए, ‘यहाँ लगानीको प्रशस्तै सम्भावना छ। आउनुस्, तपाईंहरूलाई स्वागत छ।’ प्रतिपक्षी नेपाली कांग्रेसका नेता रामशरण महत पनि नेपालमा लगानीको राम्रो वातावरण बन्दै आएको विश्वास दिलाइरहेका थिए। चर्काे स्वरमा उनी भन्दै थिए, ‘आन्तरिक लगानी मात्रै यो देशको प्रगतिका लागि पर्याप्त छैन। बाह्य लगानी आवश्यकता छ। नेपालमा ढुक्क भएर लगानी गर्दा फरक पर्दैन।’ 

‘ड्यास’बाट देशी÷विदेशी वक्ताहरू बोलिरहेका थिए। लगानी सम्मेलन भएकाले उनीहरूको ध्यान पनि लगानीबाहेक अन्य क्षेत्रमा जानै कुरै थिएन। 

नेताहरूले आजको गफ दलीय राजनीति थिएन। लगानीमै ध्याउन्न देखिएका उनीहरुको कुरा नेपालको आर्थिक वृद्धिदर सुध्रिएको र लगानी गरेर नाफा निकाल्ने सकिने जस्ता थिए। भरिभराउ सोल्टी क्राउन प्लाजा गुञ्जायमान थियो। 

 

प्रकाशित: १५ चैत्र २०७५ ११:१८ शुक्रबार

लगानी_सम्मेलन अर्थ लगानी पैसा