अर्थ

राजस्व चुहावटमा संलग्नविरुद्ध १७ करोडको मुद्दा

काठमाडौं – राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा लक्ष्मण तिरुवासहित पाँच जनाविरुद्ध करिब १७ करोड रुपैयाँको मुद्दा दायर गरेको छ। 

विभागले भारतबाट भन्सार चोरी पैठारी गरी ३२ किलो सुन नेपाल भित्र्याएर राजस्व चुहावट गरेकोे आरोपमा लक्ष्मण तिरुवा, सुरज तिरुवा, सरिता तिरुवा, शंकरबहादुर विक र इन्दिरा विकविरुद्ध आइतबार कञ्चनपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । विभागले उनीहरुबाट बरामद भएको सुनको मूल्य १६ करोड ९२ लाख ८० हजार रुपैयाँ विगो र जनही तीन वर्ष कैदको माग दाबी गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले गत फागुनमा पुनर्वास नगरपालिकाका शंकरबहादुर विकको घरबाट बरामद गरेको एक सय आठ थान र ३४ थानको दुई पोका सुनसमेत लक्ष्मण र सुरजलाई विभागमा दाखिला गरेको थियो ।

 

प्रकाशित: ११ चैत्र २०७५ ०८:०१ सोमबार

राजस्व चुहावट मुद्दा_दायर