अर्थ

आइएमई पेको सम्झौता

काठमाडौं – गण्डकी धौलागिरी पेट्रोलियम डिलर एसोसिएसनमा आवद्ध विभिन्न जिल्लामा सञ्चालित पेट्रोल पम्पमा अबदेखि पेट्रोलको भुक्तानी ‘आइएमई पे’बाट गर्न सकिने भएको छ। 

मंगलबार पोखरामा आयोजित विशेष कार्यक्रममा सोसम्बन्धी सम्झौता भएको आइएमई पेले जनाएको छ। सम्झौतापत्रमा आइएमई पेका तर्फबाट आइएमई ग्रुपका जनसम्पर्क व्यवस्थापन प्रमुख राजु पौडेल र एसोसिएसनका अध्यक्ष राजन गोंगजुले हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ। 

कार्यक्रमपछि संक्षिप्त मन्तव्य दिँदै पौडेलले यो सेवाबाट करिब ५४ वटा पेट्रोल पम्पबाट सेवा लिने सेवाग्राही लाभान्वित हुने बताए। एसोसिएसनका अध्यक्ष गोंगजुले आइएमई पेसँगको सहकार्यबाट पेट्रोलको भुक्तानी विद्युुतीय माध्यमबाट गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिए। यो सम्झौता हस्ताक्षर भएको दिनबाट दुई वर्षसम्म कायम हुने बताइएको छ। 

 

प्रकाशित: २२ फाल्गुन २०७५ ०२:४२ बुधबार

आइएमई_पे पेट्रोल_पम्प पोखरा