अर्थ

अग्रणी बन्दै ओयो होटल्स एन्ड होम्स

काठमाडौं – दक्षिण एसियाकै सबैभन्दा ठूलो शृंखला भएको ओयो होटल्स एन्ड होम्स अग्रणी बन्दै गएको छ।

चीनका पाँच ठूला शृंखला होटलमध्यको एक र विश्वमै सबैभन्दा तीव्र गतिमा फैलिरहेको लिज्ड तथा फ्रेन्चाइज्ड होटल, ओयो होटल्स एन्ड होम्सले डिसेम्बर २०१८ सम्मको आर्थिक गतिविधि समेत सार्वजनिक गरेको छ।

विश्वव्यापी रुपमा सन् २०१८ को अन्त्यसम्म चार लाख ५८ हजार कोठाहरु जोडिसकेको छ। साथै वास्तविक मूल्य रन–रेट १.८ बिलियन अमेरिकी डलर रहेको ओयोले जनाएको छ।

ओयो विश्वकै ठूलो होटल शृंखला हुने जारी विज्ञप्तिमा उल्लेख छ। ओयोले तीन ठूला शृंखला होटलको तुलनामा बढी कोठाहरु जोडिसकेको छ। विश्वव्यापी रुपमा ओयोको सेवा वार्षिक ४.३ गुणाले वृद्धि भइरहेको जारी विज्ञप्तिमा छ।  
ओयोको विश्वभर बसोबास भएका कोठालाई आधार मान्दा सन् २०१६, डिसेम्बरमा ६० लाखबाट वृद्धि भएर सन् २०१७ डिसेम्बरसम्ममा एक करोड ३० लाख पुगेको थियो।

सन् २०१८ को डिसेम्बरमा अत्यधिक मात्राले बढेर सात करोड ५० लाख पुगेको छ। ओयोको वार्षिक उन्नति ५.७ गुणाले वृद्धि भइरहेको उल्लेख छ। 

ओयोसँग साझेदारी गरेर एकल होटलहरुको गुणस्तर साथै ग्राहक संख्या औसत २५ प्रतिशतबाट ६५ प्रतिशतसम्म वृद्धि भएको छ। जसले सम्पत्ति मालिकहरुको निर्वाहिक सम्पत्तिको उपज बढाइरहेको छ।

‘हाम्रो लागि २०१८ निकै उत्कृष्ट वर्ष रहयो। विश्वव्यापी रुपमा ओयोका चार लाख ५८ हजार कोठा पुगेका छन्। जसको वास्तविक मूल्य रन–रेट १.८ बिलियन अमेरिकी डलर रहेको छ। डिसेम्बरको अन्त्यसम्म वार्षिक ४.३ गुणाले वृद्धि भइरहेको छ। ओयोले देशका शिर्ष प्रतिभालाई साथमा लिएर प्रविधिका साथै दीर्घकालीन क्षमता निर्माणका लागि निरन्तर लगानी गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

विश्वव्यापी रुपमा हाल भारत, चीन, मलेसिया, नेपाल, युके, यूएई, इन्डोनेसिया, साउदी अरबिया, जापान, फिलिपिन्स गरेर १० देशका पाँच सयभन्दा बढी सहरहरुमा उपस्थित ओयो होटल्स एन्ड होम्सले १३ हजार फ्रेन्चाइज्ड तथा ठेक्का होटल र ६ हजारभन्दा बढी घरमार्फत पाहुनाको सत्कार गरिरहेको होटलले जनाएको छ।

प्रकाशित: २१ फाल्गुन २०७५ ०२:०३ मंगलबार

चीन होटल तीव्र_गति