अर्थ

एनआइसी एसियाको स्मार्ट टेलर

काठमाडौं – एनआइसी एसिया बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै डिजिटल बैंकिङ प्रविधिमा आएको विकासलाई नयाँ उचाइ दिन सबै शाखा कार्यालयमा रहेका टेलरलाई आधुनिकीकरण गरी स्मार्ट टेलर सञ्चालनमा ल्याएको छ। 

स्मार्ट टेलरमार्फत ग्राहकले चेकबिनै आफ्नो मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गरी काउन्टरबाट रकम झिक्न सक्ने बैंकले जनाएको छ। उक्त कार्यले डिजिटल बैंकिङको विकासमा थप उचाइ हासिल गर्ने विश्वास बैंकले लिएको छ।

एनआइसी एसियाले दुई सय ७७ शाखा, दुई सय ९० एटिएम, ३९ वटा एक्सटेन्सन काउन्टर र २३ वटा शाखारहित बैंकिङ एकाइमार्फत सेवा दिइरहेको जनाएको छ। एनआइसी एसियाको शाखा सञ्जाल मुलुककै सबैभन्दा ठूलो हो। यसको वासलातको आकार दुई सय १५ नाघेको तथा कुल निक्षेप एक सय ७१ अर्ब र कुल कर्जा एक सय ४९ अर्ब नाघेको छ। वासलात, कुल कर्जा र कुल निक्षेपका हिसाबले पनि आफू निजी क्षेत्रको सबैभन्दा ठूलौं बैंक भएको एनआइसीको दाबी छ। यसको ग्राहक संख्या १४ लाख ५० हजार छ।

 

प्रकाशित: १६ फाल्गुन २०७५ ०५:४५ बिहीबार

एनआइसी_एसिया_बैंक ग्राहक सुविधा डिजिटल_बैंकिङ